काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन्।आईतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले 'नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्गचित्रको आवश्यकता' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरुपले अभिभावकविहीन भएको बताए। उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनधि