चुनावको मुखमा प्रचारप्रसार छाडेर प्रदेश अध्यक्ष नै धार्मिक यात्रामा निस्किए पार्टीको हालत कस्तो होला ? यस्तै अवस्थामा पुगेको छ भारतको पञ्जाब राज्यको भारतीय कांग्रेस पार्टी ।
अन्य पार्टीले धमाधम चुनाव प्रचार गरिरहेका बेला कांग्रेसभित्र भावी मुख्यमन्त्रीको विषयमा विवाद देखिएको छ ।
पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष सुनील जाखड, प्रदेश अध्यक्ष नवजोतसिंह सिद्धु र मुख्यमन्त्री चरणजीत सिंह चन्नी भावी मुख्यमन्त्रीको दौडमा छन् । तर पार्टीले कसैलाई पनि भावी मुख्यमन्त्री घोषणा गरेको छैन ।
प्रदेश अध्यक्ष सिद्धु धार्मिक यात्रामा जानुलाई पार्टीभित्रको ...