साझा उम्मेदवार तय गर्न पुनः शेखर समुहको बैठक बस्दै

काठमाडौं, पुस ५ । कांग्रेस संसदीय दलको एकल उम्मेदवारमा सहमति जुटाउन शेखर समुहको बैठक पुनः बस्न लागेको छ । सोमबार दिनभर भएका छलफलमा सहमति नजुटेपछि आज विहान लैनचौरस्थित होटल एम्बास्डरमा बैठक बसेको थियो । उक्त बैठकले साझा उम्मेदवार तय गर्ने विषयमा समझदारी गर्न नसकेपछि अहिले पुनः सिंहदरबारको दक्षिण गेट अगाडी रहेको बसेरा होटलमा बैठक बस्न […]

सम्बन्धित सामग्री

लैनचौरमा शेखर र गगनबीच छलफल जारी, ११ बजे सामूहिक बैठक बस्दै

नेपाली कांग्रेसको संस्थापन इतर पक्षका शीर्ष नेता आज पनि छलफलमा जुटेका छन् । संसदीय दलको नेतामा इत्तर पक्षबाट साझा उम्मेदवार तय गर्न महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच वार्ता चलिरहेको छ ।लैनचौरस्थित एक होटलमा इतर पक्षका शीर्ष नेता भेला भएर थापा र कोइराला मध्ये एक जना मात्र उम्मेदवार बनाउन छलफलमा जुटेका हुन् । सोमबार दिनभरको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बिहानै ९ बजेदेखि थापा र कोइराला मिलाउने प्रयास भइरहेको छ ।इतर पक्षले थापा र कोइरालालाई मिलेर अगाडि बढ्न दबाब दिने उद्देश्यले विहान ११

तालमेल नभएका ठाउँमा पनि साझा उम्मेदवार तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ। सत्ता गठबन्धनको शीर्ष नेता र कार्यदलको बैठक आज बस्दैछ। निर्वाचनमा तालमेल नभएका स्थानीय तहमा साझा उम्मेदवार तय गर्न शीर्ष नेता र कार्यदलका अलग–अलग बैठक बस्न लागेको हो। जुनजुन ठाउँमा तालमेल भएको छैन ती ठाउँमा पनि सहमतिका आधारमा साझा उम्मेदवार तोक्नेबारे छलफल गर्न पाँच दलीय कार्यदलको बैठक बसिरहेको र शीर्ष तहमा पनि छलफल तय भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताए।

तालमेल नभएका ठाउँमा पनि साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनबीच तालमेल नभएका स्थानीय तहमा साझा उम्मेदवार तय गर्न शीर्ष नेता र कार्यदलका अलग अलग बैठक आज बस्ने भएको छ । जुनजुन ठाउँमा तालमेल भएको छैन ती ठाउँमा पनि सहमतिका आधारमा साझा उम्मेदवार तोक्नेबारे छलफल गर्न पाँच दलीय कार्यदलको बैठक बसिरहेको र शीर्ष तहमा पनि छलफल तय भएको नेकपा एसका अध्यक्ष माधव […]

राष्ट्रिय सभा चुनावमा साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं :  सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।  आज विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी जनाएको छ।  बैठकले राष्ट्रियसभाको १९ सीटका लागि साझा उम्मेदवार टुंगो लगाउने बताइएको छ। राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ स्थान रिक्त हुँदैछ।कांग्रेसले आफ्नो ३ सहित थप ४ गरी ७ सीटमा भाग खोजेको छ। माओवादी र एकीकृत समाजवादीलाई उनीहरुको रिक्त रहेको ४ ४ सीट दिएर थप एक&ndas

राष्ट्रपतिको उम्मेदवार चयनका लागि एमाले स्थायी कमिटीको बैठक बस्दै

राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्ने भएको छ। बैठक मंगलबार अपरान्ह ४ बस्ने पार्टीका सचिव गोकर्णराज विष्टले जानकारी दिए। निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ। वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्नेछन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या…