कालापानी र लिम्पियाधुरा बाहेकमा जनगणना सकियो, छाङरू र तिङ्कर पुगेका गणकलाई हेलिकप्टरमार्फत फर्काइयो

काठमाण्डाै - कालापानी र लिम्पियाधुराबाहेकका ठाउँमा जनगणना सङ्कलन कार्य सकिएको छ । केन्द्रीय तथ्याङ्क विभागले गएको कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना सङ्कलन कार्य तोकिएकै समयमा सकिएको हो । जनगणना सङ्कलनको काम सकिएको बारे विभागले आज पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ । बिहान ११ बजे विभागमै पत्रकार सम्मेलन हुने तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । विशेष कारणवश गणनामा सहभागी हुन छुटेको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार...