ताप्लेजुङ – ताप्लेजुङमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा बिरामीले सास्ती पाएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढिरहे पछि बिरामीले उपचार पाउन मुस्किल छ ।
जिल्लामा न भेन्टिलेटर छ, न आईयीसू छ । जिल्ला अस्पतालमा अहिलेसम्म पनि १५ शय्या मात्र छ । ५० शय्या बनाउने भनेर सरकारले भने पनि अहिलेसम्म बन्न सकेको छैन । अस्पतालमा न पर्याप्त जनशक्ति छ, न उपकरण नै छ ।
बिरामीलाई झापा तथा विराटनगर रेफर गर्नुको विकल्प छैन । एम्बुलेन्समा आठ घण्टाको यात्रामा पुगिने यी क्षेत्रमा लाँदा लाँदै बाटैमा धेरै जनाको ज्यान जाने अवस्था छ । र...