कान्छा भाइ कृष्णनन्दन साह नेपाली सेनाको नौमहिने तालिम सकेको खुसीमा थिए, बौधीमाई नगरपालिका–३ मटिहर्वाका सकुन । कृष्णनन्दनको दीक्षान्त समारोहमा सहभागी हुन केही दिनअघि ५८ वर्षीय बाबु परशुराम, ५६ वर्षीया आमा मीनादेवी, माइलो दाइ सरोज, दिदी रिंकु र भिनाजु नरेश साह काठमाडौं यात्रामा निस्किएका थिए ।