काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) पार्टिको केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । आज मङ्गलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो ।
बैठकमा अध्यक्ष नेपालले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँच समूह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । त्यस्तै आजको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराइएको पनि उहाँले जानकारी दिन...