काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज (बुधबार) पनि बस्दैछ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबारबाट सुरु भएको बैठकमा दोस्रो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्तावमाथि समूहगतरूपमा छलफल हुनेछ । अध्यक्ष नेपालले मंगलबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाई छलफल गर्न लागिएको हो । बैठक बिहान ११ […]