राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको बताएका छन् । शुक्रवार विश्व ॐकार एकता महाअभियानको आयोजनामा काठमाडौंमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको चासो र योजनामा बनाइने गरेको बताएका हुन् ।उनले नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशीहरुको हातमा रहेको बताए । उनले मन्त्रीहरु को बनाउने र आगामी निर्वाचनमा कुन पार्टीलाई जिताउने भन्ने कुरामा पनि विदेशीहरुको चासोको