काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेपछि पुसको यो चिसो मौसममा राजनीति एकाएक तातेको छ । कुनै एक दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेको वर्तमान अवस्थामा हरेक विकल्प खुला देखिएकाले पनि राजनीति तरङ्गित हुन पुगेको हो ।
गठबन्धनका रूपमा सँगै चुनाव लडेका दलहरूमा समेत एकले अर्कालाई निषेध गरेर जान सकिन्छ कि भन्ने सम्भावना र तरलता दुवै रहेकाले पनि राष्ट्रपतिको आह्वानपछि राजनीति रोचक देखिएको हो । अहिले तत्काल सरकार गठन र प्रधानमन्त्रीको चयन प्रक्रिया अघि बढे पनि त्यसलगत्तै...