काठमाण्डाै – मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले पुस २८ गतेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख मिश्रले दुई वा दुईभन्दा बढी दलको समर्थनमा पुस २८ गते दिउँसो ४ बजेभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्र...