पोखरा : फेवाताल किनारमा लगाइएको रिटेनिङ वाल भत्काउन गएको पोखरा महानगरको डोजर भुइँ खोस्रेर फर्किएको छ। चौतर्फी विरोधपछि मेयर मानबहादुर जिसीको ठाडो आदेशमा वाल भत्काउन पुगेको डोजर रित्तो हात फर्किएको छ। पोखरा १८ खपौंदीस्थित फेवाकिनारमा लगाइएको रिटेनिङ वाल भत्काउन पुगेको बाक्लो सुरक्षा दलबल र स्थानीयबीच हात हालाहालै हुन पुग्यो। स्थानीयले डोजरमाथि चढेर विरोध जनाए पनि प्रहरीले बल प्रयोग गरेरै अघि सरेर वाल भत्काउन थालेको थियो। यद्यपि, वाल लगाउन ल्याएको ढुंगा मात्रै जफत गरेर डोजर फर्किएको छ। ज