ट्विनअटर दुर्घटनामा मृत्यु हुनेहरुको शव एकैपटक बुझाइने

तारा एयरको ९ एन– ‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका चालक दलका सदस्यसहित २२ जनाको शव पोष्टमार्टम गरिँदैछ । जेठ १५ मा पोखराबाट उडेको ट्विनअटर सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव पोष्टमार्टम भइरहेको छ । समाचार तयार गर्दासम्म १० वटा शवको पोष्टमार्टम सकिएको छ । पोष्टमार्टम सकिएपछि एकैपटक मृतकका आफन्तहरूलाई शव हस्तान्तरण गरिने प्रहरी प्रवक्

सम्बन्धित सामग्री

उडिसा रेल दुर्घटनामा मृत्यु भएका पर्साका इन्द्रजित पासवानको शव ल्याइयो

वीरगंजः भारतको उडिसा राज्यको बालासोरमा गत मंगलबार राति २८८ जनाको ज्यान जानेगरी भएको रेल दुर्घटनामा मृत्यु भएका एक युवकको शव पर्सा ल्याइएको छ । पर्सा छिपहरमाई गाउँपालिका ५ भिस्वा बस्ने २१ वर्षीय इन्द्रजित पासवानको रेल दुर्घटनामा मृत्यु भएको हो। खनाखतपछि शव नेपाल ल्याइएको हो। रोजगारीका सिलसिलामा भारत गएका पासवानको दुर्घटनमा…

विमान दुर्घटनामा मृत्यु भएकाको शव आज परिवारलाई हस्तान्तरण गरिँदै

काठमाडौं :  गत जेठ १५ गते मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव आज परिवारलाई हस्तान्तरण गरिने भएको छ। पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा दुर्घटना हुँदा ज्यान गुमाएका सबै २२ जनाकै शवको हिजो पोस्टमार्टम गर्ने काम सकिएको र आज सबै प्रक्रिया पूरा गरेर मृतकका परिवारलाई शव हस्तान्तरण गरिने तारा एयरका प्रवक्ता सुदर्शन बर्तौताले जानकारी दिए।उनका अनुसार विहान १० बजेपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका शव परिवारको जिम्मा लगाइने छ।  दुर्घटनामा

विमान दुर्घटनामा मृत्यु भएकामध्ये बाँकी १२ जनाको शव पनि ल्याइयो काठमाडौं

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकामध्ये बाँकी १२ जनाको शव पनि काठमाडौं ल्याइएको छ। सोमवार १० जनाको शव काठमाडौं ल्याइएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रसँगको समन्वयमा दुर्घटनास्थलबाट सोमवार १० जनाको शव आधार शिविरमा ल्याई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। प्रतिकूल मौसमका कारण…

विमान दुर्घटनामा मृत्यु भएकाको शव लिन सेनाको हेलिकप्टर मुस्ताङतर्फ

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव लिन नेपाली सेनाको हेलिकप्टर मुस्ताङतर्फ उडेको छ। सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही बेरअघि मुस्ताङतर्फ उडेको हो । विमान दुर्घटना स्थलबाट बिहान १२ जनाकै शव मुस्ताङको कोवाङसम्म ल्याएपछि सेनाको हेलिकप्टर शव लिन गएको प्रहरीले जनाएको छ। १० वटा शव सोमबार अपराह्न काठमाडौं ल्याइएको थियो। विमानमा सवार २२ मध्ये साेमबार साँझसम्म २१ जनाको शव भेटिएको थियो। एउटा शव मंगलबार बिहान सबेरै भेटिएको मुस्ताङका प्रहरी

दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं । मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने र त्यसपछि आफन्तको जिम्मा लगाउने तयारी छ । शव ल्याइने भएसँगै मृतकका आफन्त त्रिभुवन विमानस्थल पुगेका […] The post दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो

पोखराबाट जोमसोमका उडेको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ।

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये दश जनाको शव काठमाडौं ल्याइयो, तस्बिरहरु

मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर  विमान दुर्घटनामा मृत्यु भएकामध्ये दश जनाको सव काठमाडौं ल्याइएको छ । २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा दश जनाको शव काठमाडौं ल्याइएको हो ।प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको मुस्ताङका डीएसपी रामकुमार दानीले बताए । दश जनाको शव नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर काठमाडौं ल्याएको जनाइएको छ । प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानो

जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौँ ल्याइँदै

काठमाडौँ – तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो । त्यसको भोलिपल्ट सोमबार बिहान सो जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । नेपाली सेना र स्थानीय बासिन्दाको टोलीले शव संकलन गरेको छ । हालसम्म १४ जनाको शव भेटिएको […]

दुर्घटनामा मृत्यु भएकाको शव ‘सुटुक्क’ लैजान खोजेपछि ….

विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिका–३ लोचनीमा दुर्घटनामा परेर मृत्यु भएका एक युवाको शव ‘सुटुक्क’ लैजान खोजिएपछि बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका सुन्दरहरैँचा–१ त्रिजुगाका २० वर्षीय अजित चौधरीको शव परिवारका सदस्य र आफन्तले उठाएर दाहसंस्कारका लागि लैजान खोजेका थिए । दुर्घटनाका बारेमा जानकारी नदिइ ढाकछोप गर्दै ‘गुपचुप’ बनाउने प्रयास... The post दुर्घटनामा मृत्यु भएकाको शव ‘सुटुक्क’ लैजान खोजेपछि …. appeared first on Purbeli News.