इन्द्रजात्रामा आज चार वर्षीया कुमारीको पहिलो रथयात्रा, गद्दी बैठकबाट राष्ट्रपतिले अवलोकन गर्ने :: Pahilopost.com

काठमाडौँः वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी आज येंया अर्थात् इन्द्रजात्रा मनाइँदैछ। आज जीवित देवी कुमारीका साथै जीवित देवहरू गणेश र भैरवलार्इ तल्लो टोलमा रथयात्रा  'कव:नेया' गराइन्छ। आज कुमारी घरबाट रथ यात्रा सुरु भई मरु, अट्को नारायण, जैसीदेवल, मजिपात, लगन, ह्युमत, कोहिटी, भिमसेनस्थान हुँदै पुन: कुमारी घर ल्याइ रथयात्रा

सम्बन्धित सामग्री

आज इन्द्रजात्रा, राष्ट्रपतिले अवलोकन गर्ने

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

आज इन्द्रजात्रा, राष्ट्रपतिले अवलोकन गर्ने

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

प्रधानमन्त्रीले गरे जीवित देवी कुमारीको दर्शन

ललितपुरको जावलाखेलमा आज (आइतबार) अपराह्नमा ४ बजे आयोजित कार्यक्रममा भोटोजात्रा अवलोकन गर्ने क्रममा उनले कुमारीको दर्शन गरेका हुन्।

प्रधानमन्त्रीले गरे जीवित देवी कुमारीको दर्शन

ललितपुरको जावलाखेलमा आज (आइतबार) अपराह्नमा ४ बजे आयोजित कार्यक्रममा भोटोजात्रा अवलोकन गर्ने क्रममा उनले कुमारीको दर्शन गरेका हुन्।

इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनाहको स्वागतमा महानगरपालिकाको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनाहरुको स्वागत, सम्पदा मार्ग, जात्रा तथा छिमेकी नगरको अवलोकन भ्रमण, विदाइजस्ता क्रियाकलापसँग सम्बन्धित काम गर्नका विभागीय प्रमुखहरुको संयोजकत्वमा ६ वटा समिति गठन गरेको छ ।  जसमा अतिथि स्वागत एवं सत्कार समितिको संयोजकमा महेश काफ्ले, कार्यक्रम पुस्तिका, उपहारलगायत सामग्री तथा प्रतिवेदन समितिको संयोजकमा दिपक अधिकारी, सुरक्षा एवं भ्रमण व्यवस्थापन समितिको संयोजक राजुनाथ पाण्डे संयोजक छन्।  यसैगरी मञ्च तथा औपचारिक कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा डा. शिवराज अधिकारी, मिडिया व्यवस्थापन एवं प्रचार प्रसार समितिको संयोजकमा नमराज ढकाल, खानपान र जिन्सी व्यवस्थापन समितिमा रविनमान श्रेष्ठ संयोजक छन्।  मानिसहरुले मौलिक प्रविधि, सिप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न आमन्त्रणा गरिएको हो । पाहुनाहरुको स्वागतमा महानगरपालिकाले बुधवार रात्री भोजको आयोजना गरेको थियो । असोज ६ गते विहान १० बजेर ३९ मिनेटमा लिङ्गोलाई नगर प्रवेश गराइनेछ । ९ गते विहान १० बजेर ३७ मिनेटमा इन्द्रध्वजोत्थान गरिनेछ । ११ गते विहीबार तल्लो टोलमा र १२ गते शुक्रबार माथिल्लो टोलमा कुमारी रथयात्रा हुनेछ । असोज १५ गते सोमबार नानिचा यात्रा हुनेछ । सोही दिन साँझ ८ बजेर १५ मिनेटको साइतमा इन्द्रध्वज पतन गराएपछि यस बर्षका लागि इन्द्रजात्रा समापन हुनेछ ।  कुमारीको रथ सजाउँदै कलाकार  काठमाडौँ महानगरसँग देशभित्रका ५ वटा नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भइसकेको र २ वटा पालिकासँग सम्बन्ध स्थापना गर्ने निर्णय भइसकेको छ । सम्झौता गरेर सम्बन्ध स्थापना भइसकेका पालिकाहरुमा कोशी प्रदेश, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका, बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, नगरपालिका, लुम्बिनी प्रदेशको नवलपरासी वर्दाघाट पश्चिमको रामग्राम नगरपालिका, कर्णाली प्रदेश, जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका र सुदुरपश्चिम प्रदेश, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका हुन् । मधेस प्रदेश, बारा जिल्लाको सिमरा नगरपालिका र गण्डकी प्रदेश, मनाङ् जिल्लाको डिस्र्‍याङ् गाउँपालिकासँग सम्बन्ध स्थापना गर्ने सम्बन्धमा निर्णय भइसकेको सम्झौता हुन बाँकी रहेको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले जानकारी दिए।  अन्तरराष्ट्रिय स्तरमा १६ वटा नगरसँग भगिनी सम्बन्ध छ । यसरी सम्बन्ध गाँसिएका नगरहरुमा चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा सहर छन् । काठमाडौँ महानगरसँग धेरै सहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो । चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ । यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।  प्रस्तावित कार्यक्रमहरु  जात्रा अवलोकनका लागि असोज १० गते अतिथिहरु आउने छन् । ११ गते विहान काठमाडौँ महानगरपालिकाको भित्री सहरी क्षेत्रमा भएका सम्पदाहरुको अवलोकन भ्रमण हुनेछ । मध्यान्नमा अतिथिहरु कुमारी रथ यात्राको अवलोकनका लागि सहभागी हुनेछन् ।  १२ गते भक्तपुर दरबार क्षेत्रको भ्रमण हुनेछ । त्यस दिन हाँडीगाउँमा आयोजना हुने मौलिक तथा परम्परागत प्रदर्शनीमा अतिथिहरुलाई सहभागी गराइनेछ । १३ गते स्वयम्भूको अवलोकन भ्रमणपछि अतिथिहरुलाई नेपाली बजार घुम्ने समय उपलब्ध गराइनेछ । असोज १४ गते उहाँहरु स्वदेश फर्कनेछन् ।  संघसंस्थाहरुसँगको सम्बन्ध  महानगरपालिकाले अन्तरराष्ट्रिय ९ वटा संघसंस्थाको सदस्यता लिएको छ । ‘मानव बस्ती व्यवस्थापनका लागि स्थानीय तहहरुको क्षेत्रीय सञ्जाल, सिटी नेट, याकोहामा जापान’, ‘विश्व सम्पदा नगरहरुको संगठन (ओडब्लुएचसी) मोन्ट्रीयल क्यानडा’, ‘स्थानीय सरकार एवं नगर संघ (युसीएलजी) बासिंलोना स्पेन’, ‘स्थानीय सरकार एवं नगर संघ (युसीएलजी एस्पाक) जाकार्ता इन्डोनेसिया’, ‘स्थानीय पर्यावरण प्रवर्धनका लागि अन्तरराष्ट्रिय परिषद –आईसीएलआईई) टोरोन्टो’ को महानगर सदस्य नगर हो । यस्तै ‘ऐतिहासिक नगर संघ (एलएचसी) क्योटो जापान’, ‘प्रमुख महानगरहरुको अन्तरराष्ट्रिय एशोसिएसन (मेट्रोपोलिस) बार्सिलोना स्पेन’, ‘भूकम्प महानगरहरुको संस्था, हवाई, संयुक्त राज्य अमेरिका’ र ‘विश्व पर्यटकीय नगर महासंघ, वेइजिङ्, चीन’ को महानगरले सदस्यता लिएको छ ।  इन्द्रजात्रामा हुने सांस्कृतिक क्रियाकलापहरु यस बर्षका लागि इन्द्रजात्राका कार्यक्रम सुरु भइसकेका छन् । गुठी संस्थानले सार्वजनिक गरेको साइत तालिकाअनुसार, य:सिं (लिङ्गो) लिन भदौ ३१ गते विहान ११ बजेर ५० मिनेटको साइतमा गुठीयारहरु वन प्रस्थान गरे । त्यसै दिन बेलुका ९ बजेर ३४ मिनेटको साइतमा लिङ्गोका रुपमा प्रयोग गरिने रुख काट्ने (वृक्षकर्तन) भयो । यसरी काटिएको य:सिं (लिङ्गो) तानेर भोटाहिटी ल्याइएको छ ।  भोलि विहान (२०८० आश्विन ६ गते शनिवार, भाद्र शुक्ल द्वादशी) विहान १० बजेर ३९ मिनेटको साइतमा योसिं (इन्द्रध्वज) नगर प्रवेश गराइनेछ । भोटाहिटीबाट असन, इन्द्रचोकहुँदै इन्द्रध्वज कालभैरवको मूर्ति भएको परिसरमा पुर्‍याइनेछ । ३३ फुट अग्लो इन्द्रध्वज आश्विन ९ गते मंगलवार विहान १० बजेर ३० मिनेटको साइतमा उठाइनेछ । इन्द्रध्वज गाडिएपछि औपचारिक रुपमा जात्रा सुरु भएको मानिन्छ । वर्षभरि दिवंगत भएका आफन्तको स्वर्गमा बास होस् भन्ने कामना गर्दै यस दिन साँझमा पाल्चा (बत्ती) बालेर उपाकु मार्ग (पुरानो बस्ती नगरको बाहिरी मार्ग) मा हिँड्ने परम्परा छ ।  इन्द्रजात्रा सुरु भएको दिन श्री लाखे आजु, श्री ऐरावत हात्ती (पुलुकिसी), किलागलको श्री देवी नाच, श्री महाकाली नाच, श्री हलचोक आकाश भैरव नाच लगायत नाचमा सहभागी हुने पात्रहरुलाई विशेष पूजाआजा गरेर बाहिर निकालिन्छ । यी देवगणहरुले जात्रा अवधिभर सहरका विभिन्न भागमा परम्परागत नाच देखाउँछन् । जात्रा अवधिमा हनुमान ढोकाको श्वेत भैरव, इन्द्रचोकको श्री आकाश भैरव, श्री बाका दे भैरव, श्री स्वच्छन्द भैरव, मरु टोलमा इन्द्र देवताको नित्य पूजा हुन्छ । अन्य समयमा भित्री भागमा वा छोपेर राखेर यी देवताका मूर्तिहरु प्रदर्शन गर्ने चलन छ । यस्तै लक्ष्मीनारायण देवलको डवलीमा दशअवतार प्रदर्शन गरिन्छ ।  श्रीगणेश, श्रीभैरव र श्रीकुमारीलाई तलेजु मन्दिरका मुल पुजारी, सुसारे र मोही नाइकेको टोलीले तान्त्रिक विधिबाट पूजा आराधना गर्ने चलन छ ।  यो बर्ष कुमारी रथयात्रा असोज ११ गते सुरु हुनेछ । यस दिन तल्लो टोल (वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ । यस दिनको रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नु हुनेछ । यस दिनको रथयात्रा सकिएपछि दागी (इन्द्र देवताकी आमा सँगसँगै वर्ष भरिका दिवगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने) परम्परा रहेको छ ।  असोज १२ गते माथिल्लो टोल (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ । रथ यात्राका समयमा पञ्चवुद्धका प्रतीक ५ जना बज्राचार्य गुरुजुहरु भैरवको रथको पछाडि र कुमारीको रथको अगाडि हिँड्ने चलन छ ।  २०८० आश्विन १५ गते नानीचाका दिन (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर) रथयात्रा हुनेछ । यसदिन महिलाहरुले रथ तान्नेछन् । २०६९ सालबाट यस दिनको रथ महिलाहरुले तान्न थालेका हुन् । यसै दिन श्रीहरुको हातबाट राष्ट्रपतिले टीका ग्रहण गर्ने कार्यक्रम हुनेछ । यस दिन बेलुका ८ बजेर ३७ मिनेटमा इन्द्रध्वज पतन गर्ने साइत छ । इन्द्रध्वज ढालिएसँगै यस बर्षका लागि इन्द्र जात्राका कार्यक्रम सकिनेछन् ।  यसरी ३ दिन हुने रथ यात्राका क्रममा पर्ने रुटहरुमा श्री लाखे आजु, श्री पुलुकिसी र श्री हलचोक आकास भैरव सँगसँगै अगाडि पछाडि सहभागी हुन्छन् । रथयात्रा रुटका स्थानीयले जीवित देवीदेवताको श्रद्धापूर्वक पूजा आजा गर्ने गर्छन् ।

इन्द्रजात्राको मुख्य दिन आज, कुमारी रथयात्रा हुँदै

काठमाण्डौ - काठमाण्डौको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको येँया भनिने इन्द्रजात्राको आज मुख्य दिन कुमारी रथयात्रा हुँदैछ।   इन्द्रजात्राकाे अवसरमा राष्ट्रपतिबाट हनुमानढोकाको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ । आज दिउँसो कुमारीको रथलाई काठमाण्डौको तल्लो क्षेत्र लगन, मरु, लगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइनेछ  । कुमारीको रथसँगै लाखे, पुलुकिसी, लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिनेछ । हनुमानढोका अगाडि धार्मिक...

इन्द्रजात्राको दोस्राे दिन आज कुमारी रथयात्रा हुँदै

काठमाण्डाै - हिजो काठमाण्डौको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको येँया भनिने इन्द्रजात्राको आज दोस्राे दिन कुमारी रथयात्रा हुँदैछ। इन्द्रजात्राका अवसरमा राष्ट्रपतिबाट हनुमानढोकाको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ । आज दिउँसो कुमारीको रथलाई काठमाण्डौको तल्लो क्षेत्र लगन, मरु, लगायतको ठा‍उँमा तानेर क्वःनेयाः मनाइनेछ  । कुमारीको रथसँगै लाखे, पुलुकिसी लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिनेछ । हनुमानढोक...

वसन्तपुरमा सद्गुरु, तस्बिरमा हेर्नहाेस्

भारतीय आध्यात्मिक गुरु सद्गुरुले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका छन्। जीवित देवी कुमारीको दर्शन गरेर उनले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका हुन् ।यसअघि हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्त्वपूर्ण तीर्थस्थल कैलाश मानसरोवरको दूर दर्शनका लागि सद्गुरु हुम्ला पुगेका थिए । कोरोनाका कारण चिनियाँ पक्षले हिल्सा नाका बन्द गरेपछि पहिलो पटक सद्गुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला पुगेका थिए । केही दिनअघि  नेपाल पर्यटन बोर्डसँगको छलफलमा सद्गुरुले नेपाल एसियाको स्वीज

वसन्तपुरकी कुमारीको हीराजडित छतख्ते मुकुट गायब

काठमाडौं । वसन्तपुरकी कुमारीको हीराजडित मुकुट खोजीको विषय भएको छ । कुमारीका साथमा रहेका गरगहना जाँच गर्दा यो मुकुट जाँच समितिले पनि अवलोकन गर्न पाएको छैन । गत वर्ष गुठी संस्थानको ...

ईन्द्र जात्रामा कुमारीको रथारोहणका १० दृश्य हेर्नुस् :: Pahilopost.com

ईन्द्र जात्राको अवसरमा काठमाडौं उपत्यकामा कुमारीको रथ तानिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कुमारी जात्रा अवलोकन गरिन्। जिवित देवताको रुपमा कुमारी लाई पूजा गर्ने चलन छ। कुमारीको रथयात्रा सँगै भैरव र गणेशको रथको पनि यात्रा गरियो। जात्रामा हजारौँ सहभागी थिए। साथै दश अवतारको लीला पनि देखाइएको