चुनावमा होमिन आतुर : मधेशमा बन्ला केपी–सिके गठबन्धन ?

काठमाडौं । प्रतिनिधिसभा विघटनलगत्तै नेपाली काँग्रेस, नेकपाकै प्रचण्ड–माधव समूह, जनता समाजवादी पार्टी नेपाल लगायतका दलले विरोध प्रदर्शन गरे पनि मधेसवादी दलका रुपमा आफ्नो पहिचान देखाउँदै आएको जनमत पार्टीले भने चुनावको तयारीमा आफूलाई सक्रिय तुल्याएको छ ।मधेसमा खासै लोकप्रिय नमानिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

सम्बन्धित सामग्री

बैकल्पिक गठबन्धन रोक्न रवि लामिछानेलाई सरकारमा ल्याइहाल्ने प्रचण्ड व्यग्रता

रास्वपासँगै जनमतलाई समेत सरकारमा फर्काउन आतुर छन् प्रचण्ड । जसरी हुन्छ सरकार बलियो छ भन्ने सन्देश उनलाई प्रवाह गर्नु छ । यी दुवै पार्टीले सरकारबाट मन्त्रीहरु फिर्ता लिए पनि सरकारलाई दिएको समर्थन भने यथावत राखेका छन् । तर, अब के गर्छन् भन्न सकिने अवस्था छैन ।

पाल्पा-१ : गठबन्धन भत्काउने दाउमा एमाले

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएको छ । उम्मेदवारहरू टोलभेला, घरदैलोमा पुग्न आतुर छन् । ९६ हजार ३६ मतदाता रहेको पाल्पा क्षेत्र १ मा पनि उम्मेदवारहरू नतिजा आ–आफ्नो पक्षमा पार्न प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् । वडा–वडामा नेता तथा कार्यकर्ता परिचालित छन् ।

जनता गठबन्धनलाई जिताउन आतुर छन् : माधव नेपाल

चितवन । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनता सत्ता गठबन्धनलाई जिताउन आतुर रहेको बताएका छन् । भरतपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आएका नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको भन्दै जनताले गठबन्धनलाई जिताउने बताए । उनले भने, ‘जनताले सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भनेका छन्, प्रतिक्रिया राम्रो आइरहेको छ । भरतपुरमा केही समस्या […]

भीड जम्मा पार्ने मन्त्र

अचेल जताततै चुनावमा भिड्ने कुरा मात्रै सुनिन्छ । भीडबाट भिड्ने शब्दको व्युत्पत्ति भएकाले यो भिड्ने सिड्ने कुरामा जोसँग भीड हुन्छ, उसैले जित्ने हो । जोसँग भीड छैन, ऊ भीरबाट लड्छ । यस्ता भीड जुटाउन नसकेर भीरमा लड्नेलाई काँध थाप्नु त कता हो कता, कसैले रामराम पनि भन्नेवाला छैन । त्यसैले चुनावी पर्वमा भीडको निकै महत्व हुन्छ । आफ्नो सात पुस्ताले कुकर्म गरेपछि सुकर्मका लागि कुनै ‘स्वच्छ’ सरकारी अधिकारीहरूलाई पनि ब्यानरमा देखाउन सकिन्छ । भनिन्छ गफ लगाएर भीड तान्ने खुबी छ भने हेर्दाहेर्दै आफूलाई मन परेको कुर्सी पनि आफूतिर तानिइहाल्छ । विनाभीडको जीव अन्तमा भाडमा जान्छ । भलै हिजोआज बजारमा अचम्म किसिमका भीड भाडामा उपलब्ध छन् । तर पनि भीड जम्मा पार्न दिमाग चैं पूरै लगाउनुपर्छ । चुनावी वैतरणी पार गर्नका लागि भीड नै एकमात्र उपाय हो । नारा लगाउने वाला, जयजयकार गर्ने वाला, पोस्टर पम्प्लेट चाट्ने वाला, पुत्ला जलाउने वाला–सजाउने वाला, लाठीमुंग्री चलाउने वालादेखि लिएर फर्जी तरीकाबाट भोट हाल्ने वालासम्मका भीड सर्वत्र उपलब्ध छन् । बजारमा नाना प्रकारका भीड अटाएका छन् । ती भीडको फाइदा लिन रकमको जोहो भने आफै गर्नुपर्छ । गाँठ अनुसार भीड जम्मा गरिदिने भीड समेत सजिलै उपलब्ध छन् जान्ने र सक्नेहरूका लागि । अहिले बजारमा नयाँ नयाँ प्रकारको भीड पनि प्रकट भएका छन् । ह्वाट्सएप वा भाइबरमा सन्देश–शस्त्र चलाउने वाला, टिकटक वा फेसबुकमा भिडियो पुराण लगाउनेवाला र ट्वीटर देउतामा चुनावी ट्वीटबाजी गर्नेवाला भीड थोक वा खुद्रामा उपलब्ध छन् । साइबर स्याल र हनुमान्को त यहाँ भीडै छ, पार्टीपिच्छे, नेतैपिच्छे । यहाँ भीड जम्मा गर्न खल्ती चाहिँ अलिक मोटै हुनुपर्छ । पहिल्यैदेखि त्यसै ठूला बनेका भीडलाई त मिडियाले सित्तैमा प्रचार गरिदिएर अझ ठूलो भीड बनाउन मद्दत गरिरहेकै छन् । वैकल्पिक र विकल्पविहीन साना भीडवाला संगठनहरू जो केही सस्तोमा भीड जुटाउन चाहन्छन्, उनीहरूलाई म सित्तैमा यहाँ केही टिप्स दिन चाहन्छु । चुनाव जितिसकेपछि भने बदलामा मलाई पनि दुई–चारओटा सरकारी ठेक्कापट्टा मिलाइदिनुपर्छ है ! कुनै समिति वा आयोगको अध्यक्ष बनाइदिनुपर्दछ । वा कुनै बोर्ड वा कोषको गाडी र भत्ता पाउने गरी सदस्य नै भए पनि बनाइदिए पुग्छ । भीड बटुल्ने पहिलो सिद्धान्त हो, सामाजिक सञ्जाल हाइजेकीकरण । सामाजिक सञ्जाल नाममात्र सामाजिक हो । त्यसभित्र प्रायः कुरा असामाजिक नै हुन्छन् । र, यसलाई अपहरण गरेर मनले चाहेजति भीड जम्मा गर्नुस् । हेर्नुस्, हामी नेपालीहरू अरू केही गर्न नसके पनि टिकटक भिडियो बनाउन वा फेसबुक चलाउनेमा भने कुशल नै छौं । यहाँ अनेक रंग ढंगका सामाजिक सञ्जालबाज छन् । यी सबै अदृश्य भीडका रूपमा बसेका छन् । यिनीहरूले चाहेको खण्डमा कुनै पनि उम्मेदवार वा नेताको चुनावी गाडी पार लगाउन सक्छन् वा खाल्टामा धकेल्न पनि सक्छन् । यस्तो डिजिटल भीड जम्मा गर्नेहरूमा केही गाउँमा गोबर सोहोर्नेहरू छन् वा शहरमा गाडीमा हिँड्नेदेखि खाडीमा पसिना बगाउनेहरूसम्म छन् । यिनले एकदमै रमाइलो र प्रभावशाली तरीकाले डिजिटल भीडबाट आफूले चाहेअनुसार काम फत्ते गराउन सक्छन् । न्यायिक फैसला पनि यही भीडले गर्छ, समाजसेवाको रकम पनि यसैले जोहो गरिदिन्छ र राष्ट्रवादीको पगरी पनि यसैले गुथाइदिन्छ । यसैले गूगलबाट भात वा रोटी डाउनलोड गर्न नसके पनि भोट भने डाउनलोड गर्न सकिन्छ । भीड बटुल्नेमा मनोरञ्जक सिद्धान्तको पनि खास महत्त्व छ । सर्वसाधारणहरू यसै पनि चुनावी सर्कसबाट मनोरञ्जन लिन्छन् नै । किनकि उनीहरूलाई थरी–थरीका छोटेबडे नेता भनाउँदाहरूको भाषणले नै मनोरञ्जन प्रदान गरिरहेका हुन्छन् । अनि अचेल त भाषणले मात्र नपुग्ने भएपछि नर्तकी ल्याएर नचाउने होड पनि चलेको छ । बूढा नेताका अगाडि भर्खरकी युवतीले कम्मर मर्काएपछि भीडको भोट पक्का ! अझ कुनै आइटम विशेषमा धेरै ताली हासिल गर्नु छ भने चाहिँ चलचित्र वा नाटक साटकमा नाच्ने, अभिनय गर्नेवालीहरूको बन्दोबस्त गर्नुपर्ने हुन्छ । उनीहरूको स्वागतमा ठूलै भीड जम्मा पारेर स्वागत भाषण गर्ने र सुन्ने आदि गर्न सकिन्छ । अझ भाषणबाजीको शुरू, मध्य र अन्त्यमा खुलामञ्चमा क्रान्तिकारी गीत घन्काएर, कम्मर मर्काएर, सरकार थर्काएर नृत्य, नाटक आदि प्रदर्शन गर्न सके फुर्सदिला नेपाली भीड जम्मा गर्न अरू केही गर्नै पर्दैन । अझ यसो एक दुई आइटम गर्लहरूलाई ल्याएर एक दुई आइटम गीतमा प्रदर्शन गर्न लगाउने हो भने त मशानघाटका भूतहरू पनि भीड बनेर भोट दिन आतुर भएका विगतमा देखिएकै हो । भीड भुसुक्क पारेपछि भोट त खुसुक्क पाइहालिन्छ नि । पाँच वर्षमा आउने चाडमा त्यति पनि नगरी भो त ? यता नयाँ ढंगले कठपुतलीका खेल देखाउनेवालाहरूको पनि बजारमा माग छ । आफ््नो सात पुस्ताले कुकर्म गरेपछि सुकर्मका लागि कुनै ‘स्वच्छ’ सरकारी अधिकारीहरूलाई पनि ब्यानरमा देखाउन सकिन्छ । त्यसो त कतिपय सरकारी हाकिमहरू, प्रहरी, प्रशासनमा रहेकाहरू आआफ्ना आराध्य देव नेताका आदेशानुसार कठपुतली बनेर काम गरि नै रहेका छन् । यसले पनि भीड जम्मा गर्ने सत्कर्ममा सहयोग नै पुर्‍याइरहेकै छ । हिजोआज त सामाजिक सञ्जालमा यति र उति ‘रीच’ बढाउन सक्छु भन्ने सोसल मिडियाबाज पनि थुप्रै आएका छन्, जसले उमेर समूह, भूगोल वा रुचि अनुसारका डिजिटल भीडलाई भोटमा बदल्ने ग्यारेन्टी लिँदै हिँडेका पनि देखिएका छन् । भीड छ त भाषण जे पनि दिन सकिन्छ । भाषणै दिन त के छ र ? जे मन लाग्छ ठोक्नै नै हो । मूल उद्देश्य नै भीड बटुल्ने नै त हो । यता सँगैको ठेलामा तातोतातो भीड उपलब्ध छ । यो भीड यता पासपोर्ट लिने लाइनमाा पनि छ, पेट्रोलियम किन्ने लाइनमा छ, सवारी लाइसेन्स लिने लाइनमा छ, जागीर खाने लाइनमा छ । यो भीड जताततै छ । त्यसैले छिटो आउनुहोस् । आफूलाई मनपर्ने भीड लिएरै जानुहोस् । एक्लै भीड जम्मा गर्न ल्याकत पुगेन भने गठबन्धन गर्नुस् । मै हुँ भन्नेले त एक्लै हिँड्ने आँट नगरिरहेका बेला साना साना भीड मिलाएपछि गतिलै भीड सृजना भैहाल्छ । तपाईंलाई कस्तो भीड बटुल्नु छ ? कि भीड बटुल्नुस् कि भीडको अंग बन्नुस् । नत्र तपाईंको जिन्दगी गयो खेर ! भीड बटुल्ने यी काइदाहरूको प्रयोग गर्नुहोस् । हेर्नुस् त, तपाईं अगाडिको कुर्सीले व्यग्र भएर तपाईंलाई कुरिरहेको छ !

कस्तो हुन्छ गणतन्त्रको अनुहार ?

देशमा गणतन्त्र आउँदा जसरी स्वागत गर्नेको हुल थियो, अहिले गणतन्त्रलाई गाली गर्नेको त्यस्तै हुल देखिन्छ । एउटै तन्त्र पनि केही वर्षमै तालीबाट गालीमा किन जाँदै छ ? हिजो राजाको खोइरो खन्नेहरूसमेत अहिले एकाएक राजाको बेलामा देश स्वर्ग भएको भन्न थालेका छन् । गति बिग्रिएको हो कि मति ? आँखा फेरिएको हो कि चस्मा ? रनभुल्लमा छु है म त ! प्रतिपक्ष दल जसले आफू सत्तामा हुँदा होस् या बाहिर पहिलेदेखि नै प्रजातन्त्रको गला आफ्ना निजी विचारका तलबारले काट्दा काट्दा संसदीय प्रजातन्त्रको तारलाई नै छिन्न भिन्न गर्दिइसकेको छ । अहिले उसैले दिनदिनै दिने गरेको संसदीय प्रजातन्त्रकोे दिव्योपदेश सुनेर बस्नुपर्ने भएको छ । हो, अहिले एक किसिमले गणतन्त्रको गला काट्ने प्रतियोगिता फुल स्पीडमा चलिरहेको छ । हुन त यो गणतन्त्र पहिला गला काटाकाट गरेर, पछि गाला चाटाचाट गरेर नै आएको हो क्या रे ! तर अहिले यसको गला काटिँदै गएका खबरहरू निरन्तर जारी छन् । राजनीतिको यो कलहकारी गलाकाट् प्रतियोगितामा एक अर्कोको गला काट्दै गणतन्त्रको गला काट्ने कलाकारी गरिरहेका छन् । खाशगरी प्रत्येक राजनीतिक दल आआफ्नो ढंगबाट गणतन्त्रको गला काट्ने वा दबाउनेमा अब्बल सावित हुँदै छन् । आफूलाई प्रजातन्त्रको ठेकेदार जस्तो गर्ने दलले पनि आफ्नो सत्ता टिकाउन खुलेआम गणतन्त्रको घाँटी दबाउने काम गर्दै आएको छ । बुलेटवाला र ब्यालेटवाला अथवा घ्यू बेचुवा र तरबार बेचुवा मिलेर बनेको सत्ता गठबन्धन विधिको शासन, आवधिक निर्वाचन र लोकतान्त्रिक अभ्यासमाथि खेलवाड गर्दै कानूनै संशोधन गरेर भए पनि स्थानीय तहको निर्वाचन झन्डै एक वर्ष पछि धकेल्ने गृहकार्यमा जुटेको थियो । सर्वत्र विरोध भएर हो या गुरुको आदेश आएर हो  निर्वाचन पर धेकेलेर तर मार्ने काम सम्भव हुन सकेन र मात्रै । नत्र धन्नै सिध्याएका थिए ! अर्को, प्रतिपक्ष दल जसले आफू सत्तामा हुँदा होस् या बाहिर पहिलेदेखि नै प्रजातन्त्रको गला आफ्ना निजी विचारका तलबारले काट्दा काट्दा संसदीय प्रजातन्त्रको तारलाई नै छिन्न भिन्न गर्दिइसकेको छ । यसका लागि उसले आफू विपक्षमा पुग्नासाथ न कहिल्यै संसद् चल्न दियो, न उद्योगधन्दा राम्रोसँग चल्न दियो । बरु केवल आफ्ना नजिकका क्रोनी व्यापारी र आसेपासेलाई मात्र फल्न फुल्न दियो । अहिले उसैले दिनदिनै दिने गरेको संसदीय प्रजातन्त्रकोे दिव्योपदेश सुनेर बस्नुपर्ने भएको छ । मुलुकमा संविधान र संसद् छन् । संविधान चाहिँ चामल नपसेको फोस्रो धान जस्तो बनाका छन्, हाला लगाएर जता पनि बत्ताउन मिल्ने । अनि संसद्लाई चाहिँ सत्तामा जाने वा केवल तलब–भत्ता खाने भर्‍याङ मात्र बनाका छन् । संसद्लाई सक्रिय बनाएर ऐनहरू जारी गर्नुको साटो त्यसलाई बन्धक बनाएर दलीय सहमतिको नाममा यहाँ अर्को राणाकालीन भारदारीसभाको अभ्यास पनि भइरहेको छ । गणतन्त्रमा कानून पनि कैयौं किसिमका छन् । भनौं, विविध कानूनका शानदार फूलका गुच्छा । एउटा त्यो कानून, जसलाई केवल राजनीतिज्ञले मात्र मान्छन् । एउटा त्यो कानून, जसलाई नोकरशाह याने कर्मचारीतन्त्रले धान्छन् । एउटा त्यो कानून, जसलाई न्यायकर्मीहरू मात्रै आफ्नो ठान्छन् । एउटा त्यो कानून, जसलाई केवल पुलिसहरू चिन्छन् । अनि अर्को एउटा कानून जसमा जनता केवल किचिन्छन् । यसरी कानूनहरूका बीचमा कैंयौं प्रकारका कानूनहरू सल्बलाइरहेका छन् । यिनै अलग अलग कानूनका मातहत गणतन्त्रको गला विचित्र तरिकाले निस्सासिँदो छ । सबै मिलेर गणतन्त्रलाई गाँडतन्त्र बनाएका छन् । अनि त्यही गाँडलाई आहा भन्दिनुपर्ने रे जनताले । झन् कोरोनाकालमा त आआफ्ना ढंगको आफ्नै प्रकारको विचित्र कानूनको चलन आएको छ । जोर बिजोर रे । हे दैव ! कोही बिरामी पर्‍यो भने आफूसँग भएको साधन घरमा थन्क्याएर कसको सहारा लिएर, कसको गाडीमा सिटामोल खोज्न शहर बजार धाउने होला ? अनि कोरोना सार्ने गाडीले हो कि मान्छेले हो ? हैन के खान्छन् होला यहाँका शासक र नोकरशाहीहरू यस्ता अद्भूत निर्णयहरू गर्नलाई हँ ? हुन त ठोकन्ते शासक र घोकन्ते नोकरशाहहरूले योभन्दा बढी जान्ने कुरा पनि भएन । २५ जनाभन्दा बढीको भेला गर्न नपाइने फरमान जारी छ । तर यो फरमान दल भनाउँदाहरूलाई लागू हुँदैन । उनीहरू त कुनै नेता मरिहाल्यो भने मलामी पनि जुलुस वा जन्तीसरी जुटाउन सफल हुन्छन् । तर एउटा सामान्य जनता मर्‍यो भने पशुपतिसम्म पुर्‍याउने जन्तु समेत फेला पर्दैन । र, उसको जाँदाजाँदै बागमती मातासँग भेट्ने इच्छासमेत अधुरै रहन्छ । आआफ्ना मुर्दाका आआफ्ना भाग्य ! जस्तो मुर्दा त्यस्तै कानून ! भाग्यमानी मुर्दाले नै काइदासँग भीड जम्मा गर्न पाउँछ र त्यो जाँदाजाँदै पनि गणतन्त्रको गला थिच्नमा आफ्नो बहादुरी देखाएर जान्छ । आफ्नो आफ्नो प्रजातन्त्रको आफ्ना आफ्ना स्टाइल छन् । यता गणतन्त्रको गला काट्नेहरू, यसको घाँटी दबाउने कतिपय दलाल, चम्चा, नेता भनाउँदाहरू यति आनन्दप्रेमी छन् कि यी जहाँ रहेर पनि आफ्नो मस्ती मार्न पछि पर्दैनन् । कहिले पक्ष त कहिले विपक्षमा बसेर । कहिले संसद् त कहिले सडकमा कुर्लेर । कहिले नेता त कहिले चम्चा बनेर । कहिले अफिसर त कहिले पिएन भएर । कहिले माइतीघरमा त कहिले सिंहदरबार त कहिले दिल्ली वा बेइजिङ पसेर । यसरी यिनीहरूले आफ्नो ढंगले गणतन्त्रको गला दबाउने खेल खेलि नै रहेका छन् । विसं २०६५ सालदेखि हरेक वर्ष जेठ १५ मा सरकारले गणतन्त्र दिवस मनाइरहेको छ । हरेक दिवसमा शहीदमञ्चमा नेताहरू ‘देशमा गणतन्त्र आइसकेकाले देश अब समाजवादको बाटोमा हिँडिरहेको’ सगर्व घोषणा गरिरहन्छन् । तर के गणतन्त्र साँच्चै आइसकेको हो र ? कसलाई आएको हो ? तर खै हाम्रोतिर त आएको छैन । न त हाम्रो टोल, समाजमा नै देखिएको छ गणतन्त्र । न स्कूल कलेजमा देखिएको छ यो गणतन्त्र, न अस्पतालहरूमा । न त सार्वजनिक यातायातहरूमा वा न सरकारी कार्यालयहरूमा । न बजारमा न बस्तीमा । कहाँ अट्क्यो त त्यो गणतन्त्र ? लगभग सबै दल देशमा गणतन्त्र आयो भनिरहेका छन्, तर हामीले देखेका छैनौं । यसको मतलब के गणतन्त्र केवल राजनीतिक दल र नेताहरूकोमा मात्र पुगेको हो ? हामी पनि त्यो गणतन्त्रलाई हाम्रो टोल समाजमा पनि ल्याउन आतुर छौं । मानिसहरू गणतन्त्रको स्वागतका लागि फूल, अबिर, स्वागतद्वार र ताम्र घडाहरूसहित तम्तयार पनि छन् । आआफ्नोमा हात समातेर ल्याउन चाहन्छन् गणतन्त्रलाई । हाम्रो टोलका प्रत्येक नागरिक गणतन्त्रलाई हेर्न चाहन्छन्, छुन चाहन्छन् र अझ भोग्न चाहन्छन् । तर अहिलेसम्म कसैले पनि गणतन्त्रको अनुहार देख्न पाएको छैन । के तपाईंको टोलमा आएको छ त गणतन्त्र ? के तपाईंले कतै देख्नुभएको छ त गणतन्त्रलाई ? कस्तो हुन्छ हँ गणतन्त्रको अनुहार ?

देउवा-ओली यसकारण नजिकिदै, नयाँ गठबन्धन बन्नसक्ने

काठमाडौं, २६ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निकटता बढ्दै गएको छ । यी दुई नेताबीच कतिपय मुद्दाका कारण निकटता बढेको हो । विशेषगरी अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे देउवा र ओलीको धेरै कुरा मिलेको छ । प्रधानमन्त्री देउवा एमसीसी पारित गर्न आतुर छन् । […]