‘प्रधानमन्त्रीले महत्वपूर्ण मन्त्रालय राख्नुपर्छ भन्ने छैन,साझा कार्यक्रमले सरकार चलाउने हो’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएसँगै सरकारलाई पूर्णता दिने गृहकार्य सुरु भएको छ। गठबन्धन आवद्ध दलहरूले मन्त्रालयमा दाबी पेश गर्ने र आन्तरिक परामर्श गर्न सुरु गरिसकेका छन्। सत्ता समीकरण बद्लिएपछि दोस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले ११ दलबाट विश्वास मत पाए। तीमध्ये सबैजसो सरकारमा जान आतुर छन्। तर मन्त्रालयको भागबन्डा कसरी हुने भन्ने विषय पेचिलो बनेको छ।विशेषगरी गृह, अर्थ परराष्ट्रलगायतका मन्त्रालयमा दलहरूका दोहोरो, तेहरो दाबीले पनि