प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई पद तथा गोपनीयता सपथ गराएका हुन् ।यसैगरी, उनले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गरेका छन् । गठित मन्त्रिपरिषद्मा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सामा