वामदेव गौतमको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । गौतमको संयोजकत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानलाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न दिएको हो ।गौतमको पार्टीले गोलाकारभित्र झुलेको धानको बाला चुनाव चिह्न पाएको हो । त्यस्तै गौतमको पार्टीको केन्द्रीय कार्यालय काठमाडौं र आयोगमा पार्टीको दर्ता नम्बर १९० रहेको छ । दल दर्ताको प्रमाणपत्र प्राप्त भएसँगै कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गराउने अभियान जारी रहने सो पार्टीका नेता निमकान्त पाण्डेले जन