माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको चुनाव चिह्न 'कलम' तोकिएको छ ।
नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत)बीच पार्टी एकता भएपछि चुनाव चिह्न कलम राख्ने सहमति भएको हो ।
आठ बुँदे सहमति गरी दुई पार्टीबीच एकता भएको हो । जीवन राई नेतृत्वको नेकपा (एकीकृत)ले कलम चिह्न दर्ता गराएको थियो । तर नेकपा एमालेबाट अलग भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने चुनाव चिह्न तोकेको थिएन ।