साना किसान र आरएमडीसी लघुवित्तको शेयर कारोबार आइतवारदेखि रोक्का

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार असार २४ गते (आइतवार)देखि रोक्का भएको छ । दोस्रो बजारमा सूचीकृत यी कम्पनीहरूले मर्जर प्रक्रिया पूरा गरी असार २४ गतेदेखि एकीकृत कारोबार शुरू गरेकाले शेयर कारोबार बढीमा १५ कारोबार दिनका लागि रोक्का गरिएको हो । मर्जर तथा प्राप्तिसम्बन्धी पछिल्लो व्यवस्था अनुसार एकीकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार रोक्का गरिदिएको हो । दुई कम्पनी एक भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन् । यी दुई कम्पनीबीच गत भदौ ३१ गते मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक बराबर शून्य दशमलव ८७ को अनुपातमा शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डबाट असार ४ गते दुवै कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् । हाल आरएमडीसी लघुवित्तको चुक्ता पूँजी रू. १ अर्ब ५६ करोड ३७ लाख ४३ हजार छ भने साना किसान लघुवित्तको चुक्ता पूँजी रू. १ अर्ब ९७ करोड ११ लाख ६१ हजार छ । 

सम्बन्धित सामग्री

मर्जर तथा प्राप्तिपछि थप भएको तीन कम्पनीको शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन कम्पनीको शेयर सूचीकृत भएको छ । मर्जर तथा प्राप्तिपछि थप भएको आशा लघुवित्त वित्तीय संस्था, साना किसान विकास लघुवित्त वित्तीय सस्था र विजय लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको हो ।   साविकको राष्ट्र उत्थान लघुवित्तलाई आशा लघुवित्तले १:१ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको २६ लाख कित्ता शेयर आशा लघुवित्तको नामबाट सूचीकृत भएको हो ।  साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्था १ः०.८७ को अनुपातमा मर्जर हुँदा कायम हुन आएको १ करोड ३६ लाख ४ हजार ५६९ दशमलव ३ कित्ता शेयर सूचीकृत भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट शेयर सूचीकरण गरिएको र मर्जर प्रयोजनको लागि रोक्का रहेको शेयर कारोबार फुकुवा भएको जानकारी कम्पनीले दिएको छ । साथै मर्जपछिको पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८४८ दशमलव ३६ तोकिदिएको छ । यही मूल्य रेञ्जलाई आधार मानेर कम्पनीको शेयर भोलि (सोमवार)देखि कारोबारमा आउनेछ ।  त्यस्तै साविकको विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था १ः१ को अनुपातमा मर्जर हुँदा कायम हुन आएको ३६ लाख १० हजार ४०३ दशमलव ५९ कित्ता शेयर विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सूचीकृत भएको छ । त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार पनि फुकुवा गरिएको नेप्सेले जानकारी दिएको छ । मर्जरपछिको कारोबारको लागि नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ७०३ दशमलव ५५ मूल्य रेञ्ज प्रदान गरेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ ।

साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का

काठमाडौं । मर्जरमा गएका साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार असार २४ गतेदेखि १५ दिन रोक्का रहने भएको छ ।  यी दुई कम्पनी मर्ज भई ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था’को नामबाट असार २४ गतेदेखि एकीकृत कारोबार गर्दैछन् । सोही कारण दुई कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का गरिदिन अनुरोध गर्दै संयुक्त मर्जर समितिले नेप्सेलाई पत्र लेखेको हो ।  यी दुई कम्पनीको मर्जरका लागि नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डले असार ४ गते अन्तिम स्वीकृति दिएका थिए । दुई कम्पनी १००ः८७ शेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् । हेर्नुस् सूचना

असार २४ देखि एकीकृत कारोबार गर्दै साना किसान र आरएमडीसी लघुवित्त

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी असार २४ देखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनी एक भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । यी दुई कम्पनीबीच गत भदौ ३१ गते मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।  साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक बराबर शून्य दशमलव ८७ को अनुपातमा शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डबाट असार ४ गते दुवै कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् ।  मर्जर प्रयोजनका लागि असार २२ देखि २४ गते बिहान ९ बजेसम्म दुवै कम्पनीको सम्पूर्ण वित्तीय कारोबार बन्द रहने जानकारी कम्पनीहरूले गराएका छन् । हाल आरएमडीसी लघुवित्तको चुक्ता पूँजी रू. १ अर्ब ५६ करोड ३७ लाख ४३ हजार छ भने साना किसान लघुवित्तको रू. १ अर्ब ९७ करोड ११ लाख ६१ हजार छ । एकीकृत कारोबार गरेको दिनदेखि दुवै सूचीकृत कम्पनीको शेयर कारोबार बढीमा १५ कारोबार दिन रोक्का हुनेछ ।