सबै विद्यालय खुल्दै, स्वास्थ्य मापदण्ड पालना अनिवार्य

काठमाण्डाै - भौतिक उपस्थितिमा पठनपाठन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सरकारले विद्यालयहरुलाई आग्रह गरेको छ । तिहार र छठलगत्तै सबै विद्यालय खुल्ने तयारी भइरहेको बेला उज्यालोसँगको कुराकानीमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय पुनः सञ्चालन कार्यढाँचा, २०७७ मा भएको व्यवस्था पालना गर्न आग्रह गर्नुभएको हो । कार्यढाँचामा अनिवार्य मास्कको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको ज्वरो नियमित मापन गर्नुपर्ने, हात धुने साबुन वा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विद्यार्थीबीच भौतिक दूरी कायम गर्नुपर्ने, धेरै विद्यार्थी भए सिफ्टम...

सम्बन्धित सामग्री

स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

कोभिडको सङ्क्रमण बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार आवश्यक तयारीमा जुटेको छ । यसका लागि प्रदेशस्तरीय कोभिड–१९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ। समितिको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ। बैठकले सबै सरकारी, गैरसरकारी कार्यालयहरू तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भीडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जन स्थलहरूका मास्क अनिवार्य र स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

काठमाडौं महानगरभित्रका विद्यालय पनि खुल्न थाले, कक्षा कोठामा जे देखियो...

काठमाडौं : कोरोना संक्रमणको कारण काठमाडौंमा बन्द भएका विद्यालयहरु खुल्न थालेका छन्। स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुल्न अनुमति दिएपछि प्रकृया पूरा गरेर खुल्न थालेका हुन्। काठमाडौं महानगरपालिका केही विद्यालय मात्रै संचालनमा आएका हुन्। काठमाडौं महानगरपालिका बाहेक अन्य जिल्ला तथा पालिकाहरुमा पनि कतिपय विद्यालयहरु संचालनमा आइसकेका छन् भने केही संचालन…

विद्यालय सञ्चालनका लागि २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने

काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ ।

पहिला खुले विद्यालय, पछि आयो २७ बुँदे मापदण्ड !

काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ ।महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन सक्नेछन् । महानगरका शिक्षा समिति प्रमुख एवं कामपा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित विद्यालय सञ्चालनको निर्णय गरेको हो ।निर्णयमा भनिएको छ– ‘कोभिड महामारीको अहिलेको अवस्थामा बालबालिकाको

बैतडीका सबै विद्यालय खुले

बैतडी, ३० भदौ । भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय आजदेखि सञ्चालन भएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो । दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा भौतिकरुपमै […]

बैतडीका सबै विद्यालय खुले

भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय आजदेखि सञ्चालन भएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो ।  दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा भौतिक रुपमै पठनपाठन कार्य सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटस्थित सनातन धर्म माविका प्रधानाध्यापक वलदेवनाथले जानकारी दिए ।विद्यालयमा मास्क अनिवार्

ओखलढुंगामा शिक्षण संस्था खुले, जोखिम कायमै

ओखलढुंगा– ओलढुंगा जिल्लामा स्थानीय तहले विद्यालय सञ्चालन गर्न थालेका छन् । निषेधाज्ञा हटेपछि कार्यपालिकाले निर्णय गरेर विद्यालय खोलिएको हो । सिद्धिचरण नगरपालिका, मानेभञ्ज्यांग, चम्पादेवीलगायतका पालिकाले सूचना जारी गरेर स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक उपस्थितिमा परीक्षा विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन् । विद्यालयमा भौतिक दुरी कायम गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, विद्यार्थी संख्याको आधारमा जोर […]

संक्रमणको अवस्था हेरेर असोज १ बाट विद्यालय खोल्न सकिने

असोज १ बाट काठमाडौंमा विद्यालय खोल्न सकिने निर्णय गरिएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्न सकिने निर्णय गरिएको हो ।  ‘स्वास्थ्य मापदण्ड पालना गर्ने, सबै कर्मचारीले खोप लगाएको हुनुपर्ने, शैक्षिक विवरणहरू राखेर सञ्चालन गर्न सकिने निर्णय भएको छ,’ काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले भनिन्, ‘त्यसका लागि नगर शिक्षा समितिले आवश्यक निर्णय गर्नेछ ।’ कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न दिने वा नदिने भन्ने निर्णय नगर शिक्षा समितिले लिने प्रशासन ले जनाएको छ ।&...

विद्यालयमा स्वास्थ्य मापदण्ड पालना न्यून

शिक्षण संस्थाहरू खुल्ने क्रमसँगै अधिकांशमा पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना नहुने एक अध्ययनले देखाएको छ । चैत अन्तिममा स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनमा साना कक्षाका बालबालिकाले मास्क साटासाट गर्ने र एउटै बोतलमा पानी पिउने गरेको भेटिएको थियो । वैशाखयता पुनः लकडाउन भएका विद्यालय भदौ पहिलो सातादेखि खुल्न थालेका छन् ।

मकवानपुरमा आइतबारबाट विद्यालय खोल्न पाइने

हेटौंडा : कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका मकवानपुरका विद्यालयहरु स्थानीय तहको निगरानीमा आइतबारबाट खुल्ने भएका छन् । बिहीबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले स्थानीय तहको निगरानी तथा विद्यालय र अभिभावकको सहमतिमा आइतबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।विद्यालय सञ्चालन गर्ने विषयमा अध्ययन गर्न गठन भएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा आइतबारबाट विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले स्वास्थ्य मापदण्ड पालना