स्याङ्जाका होमस्टेमा दुई हजार पर्यटक व्यवस्थापन गर्न सकिन

स्याङजाका ४९ वटा होमस्टेमा एकैरात २ हजार जना पर्यटक व्यवस्थापन गर्न सकिनेपोखरा-नेपालकै पहिलो सिरुवारी (पञ्चमूल) सामुदायिक होमस्टे (घरवास) यही माघ २७ गते सोमबारदेखि पर्यटकहरूका लागि खुला भएको छ । कोरोनाको जोखिम न्यूनीकरण हुँदै गएकाले चैत ११ देखि बन्द रहेको सिरुवारी होमस्टे सोमबारदेखि खुला भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सिरुवारी होमस्टेका संयोजक जुम गुरुङले बताए […]

सम्बन्धित सामग्री

पर्यटक लोभ्याउँदै घनपोखरा

विश्वचर्चित घलेगाउँ नजिकै पर्छ लमजुङको घनपोखरा । जिल्लाको सबैभन्दा उचाइमा रहेको यो गाउँ पछिल्लो समय होमस्टेमा परिणत भएको छ भने पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको छ । मर्स्याङ्दी गाउँपालिका-१ मा पर्ने घनपोखरा गाउँ समुद्री सतहदेखि २ हजार १ सय ५० मिटर उचाइमा पर्छ ।

घरबास सञ्चालक पर्यटक सत्कारमा व्यस्त

लमजुङ । पर्यटक बढ्न थालेपछि लमजुङमा रहेका होमस्टे (घरबास) सञ्चालक अतिथि सत्कारमा व्यस्त हुन थालेका छन् । सुस्ताएको पर्यटन व्यवसायले यस क्षेत्रमा विस्तारै लय लिन थालेको छ । बेँसीशहर नगरपालिका–३ काउलेपानी घरबास (होमस्टे)मा यतिबेला पर्यटकको चहलपहल हुन थालेसँगै यहाँ सुस्ताएको पर्यटन व्यवसायले गति लिन थालेको हो । चिसो मौसम शुरू भएसँगै पर्यटक आगमन सुस्ताएको थियो । यतिबेला दैनिक १५/२० जना र एक/दुई दिन बिराएर ८०/९० जनाको समूहमा पर्यटक आउन थालेको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष कविन्द्र गुरुङले बताए ।      उनले भने, ‘अब दैनिक दुई/तीन सय पर्यटक आउनेछन् । केही दिन अघिसमेत सिंगापुरबाट १४ विदेशी पर्यटक आएका थिए, ’ काउलेपानी होमस्टे सञ्चालक लक्ष्मी श्रेष्ठ भन्छिन्, ‘गाउँमा पर्यटक आउन थालेसँगै घरबास सञ्चालक पर्यटक सत्कारमा व्यस्त हुन थालेका छौं ।’ विगतमा दैनिक ३०० जनाको हाराहारीमा पर्यटक आउँथे ।      यहाँ विभिन्न जातिका घरबास छन् । नेवार समुदायका होमस्टेमा परम्परागत नेवारी खाजाका परिकार बनाएर पर्यटकलाई दिइन्छ । ती होमस्टेमा बिहानको खाजा सेटमा नेवारी परिकार सिन्कामारी, भट्टमारी, झिलिंगा, सेलरोटी चिउरा लगायत परम्परागत खाजा बनाएर खुवाउने गर्दछन् । लोपोन्मुख लाखे नाँच, गाईजात्रा, घोडेजात्रा, बाघ जात्रा, कृष्ण जात्रालगायत संस्कृतिका नाँच देखाउने गरेको र पर्यटकले धेरै मन पराउने गरेको उनको भनाइ छ । यहाँ लालीगुराँस समेत फुल्न शुरू गरेको छ, जुन पर्यटकको मुख्य आकर्षण हो । समितिका अनुसार यहाँका प्रतिघरबासले मासिक कम्तीमा रू. ५० हजार आम्दानी गर्छन् । काउलेपानीको (घरबास) होमस्टेलाई सन् २०१४ मा सरकारले नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरेको थियो । त्यसपछि काउलेपानीमा बाह्य तथा आन्तरिक पर्यटकको आगमन बढेको हो । सन् २०१६ मै काउलेपानी हामेस्टे स्वच्छ र अर्गानिक भएको भन्दै रू. १० हजार रकमसहित पुरस्कृत भयो । गुरुङ, नेवार भुजेल जातिले काउलेपानीमा अहिले १५ घरमा होमस्टे सञ्चालन गरेका छन् । ती होमस्टेमा ८८ बढी पाहुना सुत्ने बेड रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । यहाँबाट बुद्ध, माछापुच्छे, अन्नपूर्ण दोस्रोदेखि चौंथोसम्म, हिमालचुली, मनास्लु, मनास्लु दक्षिणलगायत हिमालसँगै सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ । गाउँमा रहेको काउलेपानी देवीको मन्दिरमा पुगेर दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । प्राकृतिक सुन्दरता, भौतिक संरचनाको बनोट र धार्मिक आस्थाका दृष्टिले पनि काउलेपानी मन्दिर पुग्न करै लाग्छ । काउलेपानी पुगेका पाहुनाले सो मन्दिरको अवलोकन तथा दर्शन गरेरै फर्किने गरेको होमस्टे सञ्चालक तिलमाया गुरुङले बताइन् । रासस

घलेगाउँका होमस्टेमा २० वर्षमा २ लाख पर्यटक

आन्तरिक पर्यटकको गन्तव्य बनेको लमजुङको घलेगाउँमा २ दशकको अवधिमा २ लाख १० हजार बढी पर्यटक भित्रिएका छन् । पर्यटकीय गाउँ, सार्क भिलेज हुँदै अहिले स्मार्ट भिलेजको रूपमा चिनिएको घलेगाउँमा २०७२ वैशाखको गोरखा भूकम्प, भारतीय नाकाबन्दी, पछिल्लो २ वर्षको लकडाउन र निषेधाज्ञाको समय भने पर्यटक आएनन् ।

तनहुँको डाँडागाउँ हर्कपुरमा होमस्टे सञ्चालन

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७ मा डाँडागाउँ हर्कपुरमा होमस्टे सञ्चालन गरिएको छ। समुद्री सतहबाट करिब ९०० मिटर उचाइमा रहेको यो होमस्टे पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे घुम्तीबाट सात किमी र सदरमुकाम दमौलीबाट दश किलोमिटर दूरीमा पर्दछ । यहाँबाट प्राकृतिक मनोरम दृश्य सजिलैसँग अवलोकन गर्न सकिन्छ ।      सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकनका लागि पनि यो ठाउँ प्रसिद्ध छ । डाँडागाउँमा निर्माण गरिएको भ्यूटावरबाट सगरमाथा, गणेश, मनास्लुलगायत विभिन्न हिमाल सहजै अवलोकन गर्न सकिन्छ । भ्युटावरबाट जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित अग्लो छिम्केश्वरीडाँडा, गोरखा, लमजुङ, चितवन, पाल्पालगायत जिल्लाका अग्ला हरियाली र रमणीय डाँडापनि अवलोकन गर्न सकिन्छ । त्यस्तै तनहुँको बन्दीपुर बजार क्षेत्र डाँडा, श्याम्घा, साँगेफाँट, मादी नदी कलेस्ती फाँटको साथै छिमेकी जिल्लाको गोरखा बजारदेखि मनकामना मन्दिर पनि सजिलै हेर्न सकिने हुँदा पर्यटक यस क्षेत्रमा लोभिने गर्दछन् । पर्यटन प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारको संसदीय विकास कोषबाट गतवर्ष आठ लाखको लगानीमा सो टावर निर्माण गरिएको थियो । भ्यू टावर निर्माण गरिएको क्षेत्रमा तारबार गर्न म्याग्दे गाउँपालिकाले पाँच लाख प्रदान गरेको होमस्टेकी अध्यक्ष विहीसरा थापा पुलामीले जानकारी दिइन् । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट पटक–पटक गरी ३० लाख बजेट विनियोजन गरेपछि आवश्यक सामुदायिक भवन निर्माण गरिएको छ । त्यसैगरी गाउँपालिका कार्यालयले पनि होमस्टे सञ्चालन शुरू गर्दादेखि आर्थिक सहयोग गर्दै आएको छ । यसले होमस्टे सञ्चालक थप उत्साहित बनेको छ । २०७५ देखि होमस्टे सञ्चालनमा आएपछि स्थानीय अर्गानिक उत्पादनका परिकारलाई प्राथमिकतामा राखिएको होमस्टेका सल्लाहकार सदस्य बालकृष्ण श्रेष्ठले बताए । गाउँकै उत्पादनको स्वाद होमस्टेमा पुग्नेहरूले चाख्न पाउँछन् । प्राकृतिक सौन्दर्यले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ । हिमालका चुचुरा, हरियाली डाँडाकाडा, सूर्योदय र सूर्यास्तको मस्त दृश्य र नेपालमा मात्र पाइने दुर्लभ चराचुरुंगी र ग्रामीण परिवेशले पर्यटकलाई आकर्षित गर्छ । होमस्टेमा पर्ने बस्तीमा पर्यटकलाई यहाँका मौलिक लोक, संस्कृतिले स्वागत गर्ने गरिन्छ । होमस्टेमा आउने पाहुनाका लागि प्याकेजमा एक हजार एक सय कायम गरिएको छ । दिउँसोको खाजा बेलुकाको खाना मासुसहित बिहानको खाजा र खानाको उक्त मूल्य कायम गरिएको छ । उक्त होमस्टेमा पुग्ने जो कोही पर्यटक पुनः दोहो¥याएर जाने गरेको बताइएको छ । रासस

झाँक्रीपानीमा पूर्वाधार बन्याे, पर्यटककाे चहलपहल बढ्याे

म्याग्दीको मङ्गला गाउँपालिका–३ स्थित झाँक्रीपानीलाई पर्यटकीय गन्तव्य बनाउन रु। ७० लाखभन्दा बढीको लागतमा पूर्वाधार निर्माण भएको छ । गाउँपालिका, प्रदेश सरकार र समुदायको सहकार्यमा उक्त पूर्वाधार तयार भएपछि यहाँ पर्यटक आकर्षित हुन थालेका छन् । पूर्वाधार विकाससँगै सो स्थानमा २२ घरमा पाहुनालाई खानेबस्ने सुविधाका लागि घरबास ९होमस्टे० सञ्चालन हुने भएको छ । घरबास सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले रु। दश लाख र गाउँपालिकाले रु। एक लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । बन्दोबस्तीका सामान खरिद र खानेपानी व्यवस्थापनमा सो बजेट परिचालन भएको होमस्टे सञ्चालक समितिका अध्यक्ष कोमल थापाले बताउनुभयो । होमस्टेमा दैनिक चालीस जना बास बस्न सक्ने क्षमता छ ।