चालु आर्थिक वर्षको बजेट कार्यक्रममा परेका आयोजना परियोजनाको ठेक्का–पट्टा साउन मसान्तभित्र बोलपत्र आव्हान भइसक्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ । बजेट कार्यान्वयनका लागि मार्गदर्शन जारी गरेको मन्त्रालयले वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरणहरू पूरा गरी कार्यक्रम÷आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयारी गरी २०७९ साउन मसान्तभित्र स्वीकृत गरी बोलपत्र आह्वानसमेत गरिसक्नुपर्ने बताएको हो । यस्तो प्रक्रिया २०७९ असोज मसान्तभित्र ब