काठमाडौं। निर्वाचनको मिति घोषणा भएपछि सरकारले निर्वाचन आयोगसँग आज बालुवाटारमा छलफल गरिरहेको छ।आगामी कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख निर्वाचन आयुक्तसहित अन्यआयुक्तहरुसँग निर्वाचनको आवश्यक तयारी र सरकारको तर्फबाट चाहिने सहयोगका बारेमा छलफल गरिरहेको छ। बैठकमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल,अर्थमन्त्री बिष्णु पौडेल,एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् ।