साझा प्रकाशन नेपाली साहित्यिक क्षेत्रमा निकै पुरानो र एक समयको प्रतिष्ठित संस्था हो । यसको इतिहास गोर्खा भाषा प्रकाशिनी समितिसँग जोडिन्छ । निरङ्कुश राणा शासन कालमा नेपाली साहित्यिक कृति प्रकाशनका लागि भनेर विसं १९७१ मा चन्द्र समशेरले यो समितिको स्थापना गरेका थिए । यो संस्था १९९१ सालमा आएर नेपाली भाषा प्रकाशिनी समितिमा परिणत भयो । विसं २०२१ देखि भने साझा प्रकाशनका नाममा सञ्चालित छ । प्रजातन्त्रको पुनर्बहाली अघिसम्म साझा प्रकाशनले नेपाली साहित्यका प्रशस्त कृति छाप्यो । बिक्रीवितरणकै लागि नेपा