बन्यो लुम्बिनीको राजधानी गुरुयोजना, चक्रपथदेखि विमानस्थलसम्म बनाइने

रुपन्देही । लुम्बिनी प्रदेशसभाबाट स्थायी राजधानी घोषणा भएको १८ महिनापछि राजधानीको गुरुयोजनाको प्रारम्भिक मस्यौदा तयार भएको छ । नदी सभ्यतामा आधारित लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना तथा जग्गा अधकरण कार्यविधिको प्रारम्भिक मस्यौदा तयार भएको हो । प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक अनन्तराज घिमिरेले यो मस्यौदा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएका छन् । राप्ती उपत्यका (देउखुरी)अन्तर्गत दाङ […]

सम्बन्धित सामग्री

प्याराग्लाइडिङको अभ्यास म्याच नै आधिकारिक : निसिमको अर्धकदको सालिक बनाइने

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन बिहीबार बिहान प्याराग्लाइडिङतर्फको पदक वितरण गरियो । तर, पोखरा रंगशालामा उल्लास थिएन । कारण, प्रतियोगिताका क्रममा प्याराग्लाइडिङ खेलाडी निसिम थापाले ज्यान गुमाएका थिए । राष्ट्रिय खेलाडीको मृत्युले पदक वितरणमा पनि माहोल शान्त बन्यो । उनै थापा टिम क्रसकन्ट्रीमा रजतपदक विजेता बने । उनी...

वर्ष समीक्षा :  पूर्वाधारमा रोकिएन गति

काठमाडौं । कोभिड–१९ का कारण झन्डै २ वर्ष बिथोलिएको पूर्वाधार निर्माणले २०७८ मा उचाइ लियो । कोभिड संक्रमण कायमै रहे पनि त्यसको दर कम हुँदा विकास निर्माणको गति रोकिन पाएन । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् जस्ता ठूला आयोजनाको निर्माण सम्पन्न भयो ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प मानिएको गौतमबुद्ध विमानस्थल २०७८ मै सम्पन्न भएको ठूलो र बहुप्रतीक्षित आयोजना हो । यो विमानस्थलबाट २०७९ जेठ २ गतेदेखि अन्तरराष्ट्रिय उडान हुने घोषणा सरकारले गरिसकेको छ । क्यालिब्रेशन उडान सफल भएसँगै उक्त विमानस्थलमा वैशाखबाट व्यावसायिक उडान थाल्ने तयारी गरिएको छ । साढे ६ दशकपछि नेपालले यो वर्ष दोस्रो अन्तरराष्ट्रिय विमानस्थल पायो । यसले पर्यटन पूर्वाधारमा बलियो इँटा थपेको छ । जलविद्युत् क्षेत्रको हालसम्मकै ठूलो आयोजना माथिल्लो तामाकोशी पनि यसै वर्ष सम्पन्न भयो । तीन दशकदेखि प्रतीक्षा गरिएको मेलम्चीको पानी यसै वर्ष उपत्यका आइपुग्यो । तर, गत असार र साउनको बाढीले मेलम्ची आयोजनाको बाँध क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि पानी रोकिएको छ । क्षतिग्रस्त आयोजनाको मर्मतसम्भार गरी चैत २९ गते मेलम्ची सुरुङबाट फेरि पानी उपत्यका पठाइएको छ ।  वर्षको उत्तरार्द्धतिर पेट्रोलियम पदार्थको मूल्यमा भएको उच्च वृद्धिले पूर्वाधार निर्माण सुस्त बनायो । कतिसम्म भने निर्माण व्यवसायीले ‘कन्सट्रक्शन होलिडे’ माग गरेका छन् ।  सडक विभागका प्रवक्ता शिव नेपाल सरकारको आफ्नै स्रोतबाट सिद्धबाबा सुरुङमार्ग र ग्वार्कोमा फ्लाइओभर बनाउन ठेक्का सम्झौता हुनुलाई यो वर्षको ठूलो उपलब्धि मान्छन् । यसले नेपालको पूर्वाधारमा नयाँ आयाम थपेको उनको बुझाइ छ । स्वदेशी लगानीमा निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गमा बन्ने ३ सुरुङमार्गको ठेक्का पनि यसै वर्ष लागेको छ । यो वर्ष ठूला र नेपालमा नबनेका पूर्वाधार निर्माणको थालनी भएको छ । यसबाट आगामी वर्षमा यस्ता आयोजना निर्माणले गति लिन सक्ने आधार तयार भएको छ ।  विश्वमा प्रयोगमा आइसकेका पूर्वाधार निर्माणमा नेपाल यसै वर्ष अग्रसर भयो । नेपालले इन्जिनीयरिङ प्रोक्योरमेन्ट कन्सट्रक्शन (ईपीसी) मोडलमा स्वदेशी लगानीमा सिद्धार्थ राजमार्गमा सुरुङमार्ग बनाउन प्रक्रिया शुरू गरेको छ । लामो समयदेखि कागजमा सीमित यो सुरुङमार्ग योजनाले २०७८ मै सार्थकता पाएको छ । सबैको टाउको दुखाइ बनेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बनाइने पूर्वाधारको पनि थालनी भएको छ । सडक विभागले ललितपुरको ग्वार्कोमा फ्लाईओभर बनाउन नेपाली कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । उक्त फ्लाइओभर २ वर्षभित्र सम्पन्न गर्ने योजना छ भने सातदोबाटो, एकान्तकुना जस्ता स्थानमा पनि फ्लाइओभर बनाउने योजना योसँगै शुरू हुनेछन् । नेपालका लागि नयाँ यी पूर्वाधार अन्य देशहरूमा भने प्रयोगमा आइसकेका छन् ।  लगानीसहित प्रविधि भित्र्याउने एमसीसी २०७४ भदौ २९ गते नेपाल सरकार र अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ सम्झौता भएको थियो । तर, त्यो २०७८ मा आएर संसद्बाट अनुमोदन भएको छ । एसीसी सम्झौता संसद्बाट पास गराउन निकै रस्साकस्सी भयो । एमसीसीको अनुदानले विद्युत् र सडक पूर्वाधारमा लगानी ल्याउने मात्र होइन, नेपाली सडकमा नवीनतम प्रविधि पनि ल्याउनेछ । ५५ अर्ब रुपैयाँको यो परियोजनाअन्तर्गत बन्ने सडकमा ‘फुल डेप्थ रिक्लेमेशन’ र ‘सुपेरियर पर्फर्मिङ आस्फाल्ट पेभमेन्ट (सुपरपेभ)’ जस्ता नयाँ प्रविधि प्रयोग हुनेछ । ‘फुल डेप्थ रिक्लेमेशन’ भनेको निर्माण हुने सडकको बालुवा, गिट्टी झिकेर पुनः प्रयोग गर्नु हो । यसमा नयाँ सिमेन्ट मिसाएर पहिलाकै सामग्री पुनः प्रयोग गरिन्छ । यस्तै, ‘सुपेरियर पर्फर्मिङ आस्फाल्ट पेभमेन्ट (सुपरपेभ)’मा सडकको सतहलाई समतल बनाइन्छ । यो प्रविधि नेपालमा नयाँ हो । ठेक्काको सिलिङमा वृद्धि सार्वजनिक खरीद नियमावलीको ११औं संशोधन २०७८ मै भएको छ । यसले नेपाली निर्माण व्यवसायीको ठेक्का लिन सक्ने क्षमता बढाइदिएको छ । यसबाट नेपाली निर्माण व्यवसायीको काम गर्ने र टेन्डरमा भाग लिन सक्ने क्षमतामा सुधार आउने देखिएको छ । यस्तै, ठेक्का लिन सक्ने व्यवस्थामा समेत सीमा तोकिदिएपछि अब बन्ने निर्माण समयमै सम्पन्न हुने र ठेक्काहरूको समानुपातिक वितरणका साथै आयोजनाहरू रुग्ण बन्ने स्थिति नआउने अपेक्षा गरिएको छ । ठेक्का लिने र होल्ड गर्ने परम्परा एकपटकमा पाँचओटा मात्रै ठेक्का लिन पाउने व्यवस्थाले हटाउने ठानिएको छ । ठेक्काको सीमा १ अर्बबाट बढाएर ३ अर्ब रुपैयाँ पुर्‍याउने व्यवस्था पनि २०७८ देखि लागू भएको छ । तीनओटा अध्यादेशपछि चल्यो रेल कोरोनाकै बीचमा २०७७ असोजमा ल्याइएका २ सेट रेल सञ्चालन पनि २०७८ मै भयो । भ्याटसहित १ अर्ब रुपैयाँ लगानी भएका २६ सय यात्रु क्षमताका दुई रेल प्रयोगविहीन बसेका थिए । फागुनदेखि यात्रु नबोकी चलेका रेल चलाउने कानूनको अभाव टार्न तीन पटकसम्म राष्ट्रपतिबाट अध्यादेश जारी भए । तर, चैतमा पारित भएको अध्यादेशपछि रेल चल्ने वातावरण बन्यो । त्यसलगत्तै भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतबाटै डिजिटल माध्यमबाट चैत १९ गते उद्घाटन गरेर औपचारिक रूपमा जनकपुर–जयनगरमा रेल चलेको छ । समग्रमा २०७८ कोरोना, पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको उच्च मूल्यवृद्धिबीच पूर्वाधार निर्माण क्षेत्रमा केही प्रगति भएको छ ।

नेपालमा पनि बढ्दैछ अनलाइन ठगी, यी कुरामा ध्यान दिँदा जोगिन सकिन्छ

नेपालको ब्याङ्किङ प्रणाली डिजिटल माध्यमतर्फ रूपान्तरण हुँदै गर्दा प्रविधिको प्रयोग गरी हुने ठगीका घटनाहरू बढ्न थालेको बताइएको छ।प्रविधिको पहुँच बढ्दै गएको भए पनि ब्याङ्किङ कारोबार अनि गोपनीयताजस्ता विषयबारे धेरै सर्वसाधारण जानकार नहुँदा ठगी गर्नेहरूको सङ्ख्या व्यापक बढेको अधिकारीहरू बताउँछन्।चिट्ठा परेको भन्दै सर्वसाधारणहरूको गोप्य विवरणहरू प्राप्त गर्ने र त्यसको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिको खाताबाट रकम हिनामिना गर्ने घटनाहरू धेरै भएको उनीहरूको भनाइ छ।यस्ता ठगीबाट सबैभन्दा बढी प्रविधिबारे कम जानकार नागरिकहरू पीडित हुने देखिएको छ।कति हुन्छ ठगीका घटना?प्रहरीका अनुसार यस्ता ठगीका घटनाबारे उजुरी गर्नेहरूको सङ्ख्या बढ्दो छ। तर पहिचान गर्न गाह्रो पर्ने माध्यम अनि स्थानमा आधारित रहेर यस्ता कार्यहरू गरिने हुँदा सर्वसाधारण नै सजग नहुँदासम्म यस्ता घटना कम नहुने उनीहरूको भनाइ छ।महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार प्रत्येक महिना ७० देखि ८० वटा यस्ता ठगीका उजुरीहरू आउने गरेका छन्।''प्रविधिमा पहुँच वृद्धि भएसँगै ठगीका सङ्ख्यामा पनि वृद्धि भएको छ,'' महाशाखाका सूचना अधिकारी एसपी कृष्ण कोइरालाले भने।प्रलोभन देखाएर ठगीअनलाइनमार्फत ठगी खासगरी प्रलोभन देखाएर गर्ने गरिन्छ। कुनै व्यक्तिले ब्याङ्क वा कुनै वित्तीय सेवा प्रदायकको परिचय दिएर फोन गर्ने र विवरणहरू माग्ने पनि गर्छन्।खातावाला व्यक्तिले त्यसमा शङ्का नगरी उपहार पाउने प्रलोभनमा आफ्नो गोप्य विवरणहरू दिने गरेको प्रहरीले बताएको छ। यसमा खासगरी एटिएम कार्डसम्बन्धी विवरण, खाता नम्बर अनि अनलाइनमार्फत कारोबार गर्दा ब्याङ्कले उपलब्ध गराउने 'वान टाइम पासवर्ड' ओटीपी नम्बर ठगहरूले माग्छन्।यीमध्ये कुनै एक विवरण र मोबाइल नम्बरमा प्राप्त हुने ओटीपीको प्रयोग गरेर व्यक्ति वा संस्थाले प्रयोग गर्ने खातामा ठग प्रवेश गर्न सक्छन् र आफू अनुकूल रकम हिनामिना गर्न सक्ने जानकारहरू बताउँछन्।फरकफरक स्वरूपविद्युतीय माध्यमबाट पैसा चोर्ने बाहेक खाता नै दुरुपयोग भएका घटनाहरू समेत देखिएको कोइराला बताउँछन्। ''आफ्नो खाता दुरुपयोग भएको विषयबारे कतिपय मानिसहरू नै अनभिज्ञ हुन्छन्,'' उनले भने।''कहिँ कसैलाई विदेश जान भनेर दिएको पैसा फिर्ता गरिदिएँ है तिम्रो खातामा भनिएको हुन्छ। तर त्यस्तो ठगिएको पैसा अर्कै खातामा जम्मा गरिन्छ।''कतिपयले सामाजिक सञ्जालबाट भएको चिनाजानकै आधारमा आफ्नो नाममा ब्याङ्कमा खाता खोली एटीएम निकालेर भारतमा पठाइदिएको घटनासम्म देखिएको प्रहरीको भनाइ छ।''कुराकानी हुँदै गयो। विश्वासको वातावरण बन्यो। ठग्ने मान्छेले कुनै कथा सुनायो ... मलाई यस्तो गर्नका लागि एउटा पैसा नभएको खाता र एटीएम चाहिएको छ भन्यो। विश्वास जितेपछि त खाता खोलेर एटिएम कुरीअर गरिदिने। अब नेपालको एटिएम त भारतमा पनि चल्छ। यसरी पनि दुरुपयोग भएको छ,'' कोइरालाले भने।कतिपयले विश्वासकै आधारमा ठगी गरेर आर्जन गरेको रकम अरूकै खाताबाट चेक काट्न लगाएर भुक्तानी समेत लिएको पाइएको छ।''मेरो व्यापारको पैसा नेपालमा फसेको थियो, उठ्दै छ। तपाईँको खातामा पैसा आउँछ अनि त्यो मेरो मानिसलाई दिनुहोला भनेर भनेको आधारमा चेक काट्दै दिएको पनि पाइएको छ,'' कोइरालाले भने।पछि खातामा पैसा जम्मा गर्ने व्यक्तिले कसैगरी खातावाला व्यक्तिको पहिचान गरेर पैसा फिर्ता मागेपछि मात्रै यो घटनाबारे प्रहरीमा उजुरी परेको थियो।यसरी गरिएको दुरुपयोगमा ५० देखि ६० लाखसम्म ठगी भएको पाइएको प्रहरी भनाइ छ।ठगीको अर्को तरिकात्यस्तै हालसालै अर्को एउटा घटना प्रहरीकहाँ उजुरी आयो। पीडितको म्यासेन्सजरमा क्यानडाको एक कम्पनीमा महिनाको १५०,००० तलब भन्ने सन्देश आयो।सन्देश प्राप्त गर्ने व्यक्तिलाई आफ्नै नाममा खाता खोल्न र खातामा पैसा जम्मा गर्न भनियो। आफ्नै खातामा पैसा जम्मा गर्न सोच्नुपर्ने कुरै रहेन।प्रक्रिया चल्दै जाँदा ती व्यक्तिले राम्रो कमाइको प्रलोभनमा पैसा जम्मा गरेको भौचर, नागरिकताको प्रतिलिपि, राहदानी र तस्बिर स्क्यान गरेर पठाइदिए।ती सबै विवरणका आधारमा ठगले पैसा जम्मा गर्ने व्यक्तिको नाममा रहेको सिमकार्ड दूरसञ्चार कम्पनीबाट निकाले।मोबाइलत्यसपछि सम्बन्धित ब्याङ्कको एपमा खाता नम्बर हाले र ओटीपी प्राप्त भएसँगै रकम निकाले। उक्त घटनामा प्रहरीले केहीलाई पक्राउ त गर्‍यो तर यस्ता घटनाका पछाडि रहेका मुख्य पात्र भने फेला पर्न सकेनन्।ठगिएका 'धेरै घटना भारतमा आधारित'हालसम्मको प्रहरी अनुसन्धान अनुसार यस्ता ठगी गर्नेहरू प्रायजसो सीमापारी आधारित रहेको पाइएको कोइरालाको भनाइ छ। यस्ता घटनाहरू बारे अनुसन्धान गर्दा एकाध घटना बाहेक प्रायजसो 'अपरेट' गर्ने मान्छे भारतमा बसेर गरेको पाइएको प्रहरी भनाइ छ।प्रहरीका अनुसार यसरी ठगी गर्नेहरूले ह्वाटस्एपजस्ता पत्ता लगाउन गाह्रो हुने माध्यमबाट संवाद गर्ने गर्छन्। काम सकिएपछि ठगी गर्नेहरूले सामाजिक सञ्जाल खाताहरू पनि निष्क्रिय पार्ने गर्छन्।प्रविधिको दुरुपयोग गरेर गरिने यस्ता ठगीका घटनाहरूमा एकै व्यक्तिबाट तुलनात्मक रूपमा ''ठूलो रकम भने असुली हुँदैन''।अपराध अनुसन्धान महाशाखाका अनुसार ५० हजार देखि १५०,००० सम्मको ठगी यस्तो माध्यबाट हुन्छ।तर फरकफरक व्यक्तिहरूलाई निसाना बनाइने हुँदा यस्तो रकम मासिक रूपमा डेढ करोडसम्म उठाइएको हुनसक्ने प्रहरीको अनुमान छ।अनलाइनमार्फत हुने कारोबारको आकार तुलनात्मक रूपमा सानो हुने हुँदा पनि ठगी हुने रकम पनि सानै हुने वित्तीय संस्थाहरूको भनाइ छ।तर खाताभित्र पस्ने आधार प्राप्त गरेपछि दुरुपयोग पटकपटक हुनसक्ने खतरा रहन्छ।वित्तीय संस्थाहरू के भन्छन्?नेपाल ब्याङ्कर्स एशोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्याय डिजिटल प्रणालीमा रूपान्तरण हुँदै गर्दा प्रणालीको दुरुपयोग गरी ठगी गर्ने क्रम बढेको बताउँछन्।यसमा खासगरी वित्तीय साक्षरताको अभाव प्रमुख कारक रहेको उनको भनाइ छ।''प्रविधिमा बाठा मनिसहरूले कमजोर ठाउँमा आफ्नो सञ्जाल फैलाइरहेको अवस्था छ,'' उनले भने।यस्ता घटनहरू हुन नदिन वा कम गराउनका लागि आफूहरूले अभियान नै सञ्चालन गर्न लागेको उनी बताउँछन्।सचेतना फैलाइने सन्देशहरू सञ्चारमाध्यमहरूबाट सम्प्रेषण गर्ने आफूहरूले तयारी थालिसकेको र स्थानीय तहसँगको सहकार्यमा अभियान चलाउनुपर्ने उनी बताउँछन्।हाल कतिपय वित्तीय संस्थाहरूले आफ्नो सामाजिक सञ्जालबाट सर्वसाधारणहरूलाई आफ्ना गोप्य विवरणहरू अरूलाई नदिन सचेत गराउँदै आएका छन्।कसरी जोगिने?उपाध्यायका अनुसार ठगीका यस्ता घटनाहरूबाट जोगिनका लागि गर्नै नहुने कार्य भनेको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी नम्बर तेस्रो व्यक्तिलाई नभन्ने हो।प्रविधिमा अभ्यस्त व्यक्तिले ओटीपी प्राप्त गरे आफू अनुकूल प्रयोग गर्न सक्छन्।''जान्ने व्यक्तिले त आफ्नो मोबाइलबाट समेत ओटीपी प्रयोग गरिदिन सक्छ,'' उनले भने।सचेतनाको अभावमा यस्ता कार्यहरू हुने भए पनि प्रणालीको कमजोरी भन्दा पनि प्रणालीको दुरुपयोग खातावाला व्यक्तिलाई नै प्रयोग गरी अन्तिम रूप दिइने हुँदा वित्तीय संस्थाहरूले त्यसको दायित्व लिँदैनन्।'पैसासँग जोडिएको कारोबार अरूसँग संवाद गर्नुहुँदैन,'' उपाध्यायले भने।ओटीपीबाहेक उपहारको प्रलोभनमा खाता नम्बर, नागरिकता नम्बर, जन्ममिति, राहदानी नम्बर वा सवारी चालक अनुमतिपत्रको नम्बरजस्ता विवरण अरूलाई उपलब्ध गराउन नहुने उनी बताँउछन्। -बिबिसीबाट

बुटवलमा बन्यो नन्दिनी गौशाला– गौ संरक्षण एवम् अनुसन्धानको केन्द्र बनाइने

रूपन्देही । रूपन्देहीको बुटवलमा यसक्षेत्रकै पहिलो गौ संरक्षण केन्द्र तथा अनुस्थान स्थल स्थापना भएको छ । उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता सम२हले संयुक्तरुपमा गौशाला तथा गौ संरक्षण केन्द्र स्थापना गरेको। बिहीबार लक्ष्मीपूजा अर्थात गोबर्धनपूजाका अवसरमा केन्द्रको शुभारम्भ गरिएको छ। हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारको गाईपुजाको अवसर पारेर नंदनी गौआश्रम समुद्घाटन गरिएको हो। एक […]

नेपालले साफ फुटबलमा उपलब्धि हासिल गर्नुका ३ कारण र सुधार गर्नुपर्ने ३ पक्ष

नेपाल पहिलो पटक दक्षिण एशियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनशिपमा उपविजेता बनेर फर्किएको छ। कतिपयले नेपाललाई फाइनलसम्म पुर्‍याउन राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीको रणनीतिले काम गरेको बताएका छन्।फुटबल विज्ञहरू भने कुशल प्रशिक्षणसँगै समग्र फुटबल क्षेत्रमा आएको सुधार पनि नेपालको राम्रो नतिजाका लागि महत्त्वपूर्ण कारक रहेको बताउँछन्।खेलाडी, खेल विश्लेषक र व्यवस्थापकका नजरमा नेपालको प्रदर्शनमा सुधार हुनुका प्रमुख तीन कारण यस्ता छन्:१. प्रशिक्षकको लगावनेपाली राष्ट्रिय टोलीको प्रदर्शनमा आएको सुधारमा कुवेती प्रशिक्षक अल-मुताइरीको योगदानको धेरैले प्रशंसा गरेका छन्।नेपाली राष्ट्रिय टिमका अनुभवी खेलाडी सुजल श्रेष्ठ भन्छन्, 'टिमलाई एउटा परिवार जस्तो बनाएर राख्न, खेलहरूमा उत्प्रेरित गर्न र हामीले गोल गर्न र जित्न सकिन्छ भन्ने विश्वास दिलाउन प्रशिक्षकले हामीलाई आँट दिलाए।''पहिले हाम्रो टिमबाट मुस्किलले मात्रै गोल हुन्थ्यो भने अहिले गोल हुन थालेको छ।'साफ च्याम्पियनसिपको तयारी समितिका संयोजक समेत रहेका राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्याय पनि प्रशिक्षक अलमुताइरीको रणनीतिले टिमको प्रदर्शन सुधारमा सहयोग पुर्‍याएको स्वीकार्छन्।उपाध्याय भन्छन्, 'हामीले साफको तयारीका लागि वैशाखमै कार्ययोजना बनायौँ।''प्रतिस्पर्धी टिमहरूसँग मैत्रीपूर्ण खेलको योजना बन्यो र खेलाडीहरूको बन्द प्रशिक्षणका लागि पनि पर्याप्त समय लिइयो। पहिला यस्तो तयारी हुँदैनथ्यो।'प्रशिक्षकको रणनीतिमा अखिल नेपाल फुटबल सङ्घ एन्फाले सहयोग गरेको उपाध्यायले बताए।साफ च्याम्पियनशिपमा टिमसँगै यात्रा गरेका फुटबल पत्रकार हिमेश बज्राचार्य पनि 'प्रशिक्षकले टिमलाई प्राविधिक सीपसँगै जोस भरिदिँदा नतिजा राम्रो आएको' बताउँछन्।बज्राचार्य भन्छन्, 'प्रशिक्षकको नयाँ शैली, टिम प्रतिको लगाव र खेलाडीहरूको मनोबल उच्च गराउने प्रयत्नले राम्रो काम गरेको देखियो।'२. घरेलु लीगले बढाएको अभ्यासनेपालमा व्यावसायिक फुटबल लीग पनि सुरु भएको छ।नेपाल सुपर लीगजस्ता प्रतियोगिताहरूले नयाँ खेलाडी उत्पादन, उनीहरूको अभ्यासमा निखार र पहिचानमा सहयोग गरिरहेको जानकारहरूको भनाइ छ।उपाध्याय भन्छन्, 'नेपाल सुपर लीगले पनि प्रशिक्षकहरूलाई खेलाडीहरू पहिचान गर्न र छान्न सहयोग गरेको छ।'दक्षिण एशियाको भारत र बङ्गलादेशमा सञ्चालन भइरहेका व्यावसायिक फुटबल लीगले राम्रो प्रगति गरिरहेका कारण नेपालको लीगलाई पनि थप व्यवस्थित र व्यावसायिक बनाउने दबाव उत्तिकै रहेको पत्रकार बज्राचार्य बताउँछन्।३. खेलाडीमा आएको सुधारपछिल्लो समय नेपालको राष्ट्रिय टिममा पर्न खेलाडीहरूबीच आन्तरिक प्रतिस्पर्धा बढ्दै गएको जानकारहरू बताउँछन्। जसले खेलाडीहरूलाई आफ्नो जीवनशैली व्यवस्थित गर्न र खेल कौशलमा सुधार गरिरहन दबाव बढेको छ।फुटबल वश्लेषक बज्राचार्य भन्छन्, 'यसअघि कतिपय खेलाडीहरू प्रतियोगिता नचलेको मौका पारेर शारीरिक तन्दुरुस्तीमा ध्यान नदिने बानी परेका पनि थिए।''अहिले कतिपय खेलाडीहरूले खाना पनि हिसाब गरेर खाने अनुशासन पालना गरिरहेका छन्।'प्रशिक्षक अलमुताइरीले प्राविधिक सीपसँगै राष्ट्रिय टोलीका हरेक खेलाडीहरूलाई आफ्नो भूमिकामा प्रदर्शन गर्न बानी लगाएका कारण टिमको प्रदर्शन राम्रो देखिएको उनी बताउँछन्।सुधार गर्नुपर्ने पक्षहरूसाफ च्याम्पयनशिपमा नेपालले खेलेका पाँच खेलमध्ये दुईमा जित, एक बराबरी र दुईमा हार बेहोर्यो।नेपालले भारतसँग लीग चरणमा १-० ले र फाइनलमा ३-० ले हार्यो।भारतसँगको खेलमा नेपाल कमजोर देखिएको थियो जसले नेपाली फुटबललाई दक्षिण एशियाकै उच्च स्तरमा राख्न पनि सुधान गर्नुपर्ने पक्षहरू देखिए।नेपाली फुटबलका जानकारहरूका बुझाइमा थप सुधार गर्नुपर्ने तीन पक्ष यस्ता छन्:१. प्राविधिक साक्षरता र सीपअन्तर्राष्ट्रिय फुटबलमा नयाँ-नयाँ खेल कौशलको विकास भइरहे पनि नेपाली फुटबल टोली प्राविधिक सीपमा पछि परेको धेरैको बुझाइ छ।प्रतिस्पर्धी टिमविरुद्ध प्रभावकारी रणनीतिका लागि प्राविधिक सीपको फुटबलमा आएका नयाँ कौशलहरूबारे जानकारी आवश्यक भए पनि नेपाली टिममा यसको अभाव रहेको पत्रकार बज्राचार्य बताउँछन्।बज्राचार्य भन्छन्, 'नेपाल योभन्दा अगाडि जान फुटबल साक्षरताकै अभाव छ। त्यो भनेको फुटबलमा आएका नयाँ शैली र प्रयोगहरूबारे हाम्रा खेलाडीहरू अभ्यस्त र जानकार हुनु हो।''फुटबलमा नयाँ शैली र तरिकाहरू आइरहेका छन् तर हाम्रोमा खेल सीप साक्षरताको निकै कमी छ। हामी जुन चरणमा आइपुगेका छौँ, त्यसभन्दा अघि बढ्न त्यो सीप अपरिहार्य हुन्छ।'२. व्यावसायिक लीगमा लगानीनेपालमा व्यावसायिक फुटबल प्रतियोगिता सुरु भए पनि यसको स्तर वृद्धि नहुँदा खेलाडीहरूले नयाँ कौशल सिक्न नपाएको जानकारहरूको भनाइ छ।घरेलु लीगले अभ्यास गर्ने अवसर दिए पनि राष्ट्रिय टिमका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सिकेका कौशल अभ्यास गर्न यस्ता लीगहरूमा धेरै सुधार हुनुपर्ने सरोकारवालाहरू बताउँछन्।खेलाडी श्रेष्ठ भन्छन्, 'नेपालमा खेलाडीहरू उत्पादन र अभ्यासको अवसरका लागि गरिने प्रतियोगिताहरू र बनाइने प्रशिक्षण प्रतिष्ठानहरूबारे सरकार र एन्फाले योजनाहरू बनाउन आवश्यक छ।'त्यसका लागि लीगहरूमा लगानी बढाउन आवश्यक रहेको व्यवस्थापक उपाध्याय बताउँछन्।३. खेलाडीहरूको जीवनशैली र तन्दुरुस्तीनेपालको राष्ट्रिय टिमका सबै खेलाडीहरूमा अनुशासित जीवनशैलीको अभाव रहेका कारण उनीहरू शारीरिक रूपमा तन्दुरुस्त नरहेको कतिपयको बुझाइ छ।यसका लागि उनीहरूलाई खानपिनसम्बन्धी ज्ञान र प्रशिक्षणको आवश्यकता रहेको जानकारहरू बताउँछन्।नेपालले प्राविधिक प्रशिक्षकहरूमा लगानी गरिरहे पनि खेलाडीहरूको खानपिन र तन्दुरुस्तीसम्बन्धी क्षेत्रमा लगानी नगरेको पत्रकार बज्राचार्यले बताए।खेलाडी श्रेष्ठ पनि यसमा सहमत छन्।उनी भन्छन्, 'खेलाडीहरूको जीवनशैली र अनुशासन पनि एउटा महत्पूर्ण पक्ष हो। त्यसमा सुधार गर्नुपर्ने पक्ष छ।'सरकारले साफ च्याम्पियनशिपमा राम्रो प्रदर्शन गरेको भन्दै खेलाडीहरूलाई जनही पाँच लाख र प्रशिक्षकहरूलाई तीन लाख पुरस्कार घोषणा गरेको छ।तर नेपालको फुटबलको स्तर थप उकास्नका लागि यस्ता प्रोत्साहनसँगै खेल पूर्वाधार र खेलाडीहरूको सेवासुविधामा ध्यान दिइनुपर्ने व्यवस्थापक उपाध्यायको सुझाव छ। - बिबिसीनेपालीबाट

ट्रमा सेन्टर बन्यो कोरोना अस्पताल

काठमाडौं, (नेस) कोरोना संक्रमणका कारण राजधानीका सबै अस्पताल भरिभराउ भएपछि सरकारले मुलुकको एकमात्र ट्रमा अस्पताल राष्ट्रिय ट्रमा सेन्टरलाई कोरोना अस्पतालका रूपमा रूपान्तरण गरेको छ । सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले संक्रमितको उपचारका लागि अस्पताललाई कोभिड–१९ अस्पतालका रूपमा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले सेन्टरमा रहेका घाइते र बिरामीलाई वीर अस्पतालमा सारेर पूर्णरूपमा कोभिड–१९ अस्पताल बनाइने […]

चोभारमा सुक्खा बन्दरगाह निर्माणको मास्टर प्लान बन्यो - Naya Patrika

चालू आवभित्रै निर्माण थालिने, अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल पनि बनाइने सरकारले चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माणको गुरुयोजना बनाएको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले चालू आर्थिक वर्षभित्रै...पूरा पढ्नुहोस् »