मधेस प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा मंगलबारदेखि प्रदेशसभाको बैठकमा छलफल थालिएको छ । छलफलको पहिलो दिन सहभागी सांसदहरूले मधेस सरकारले ल्याएको नीति तथा कार्यक्रम सुन्दा राम्रो रहे पनि कार्यान्वयन जहिल्यै पनि फितलो हुने बताए । फितलो नीति तथा कार्यक्रम हुँदा प्रदेश विकासमा फड्को मार्न नसकेको उनीहरूको गुनासो थियो ।