७ माघ, काठमाडौं । भारतले आफ्नो देशमा कोरोनाविरुद्धको खोप लगाउन थालेको पाँचौ दिनमै नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ खोप दिने घोषणा गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर अनुदानमा आउने खोपबारे जानकारी दिएका हुन् । यो खोप भोलि बिहीबार नै काठमाडौं आइपुग्नेछ […]