पत्रकार मन्डलको मृत्यु

नेपाल पत्रकार महासंघ रौतहटका पूर्व सचिव, राजधानी दैनिकका रौतहट पूर्व सम्वाददाता तथा राजदेवी एफएम गौरका पूर्व समाचार सम्पादक रवीन्द्र मन्डलको मृत्यु भएको छ। करिब चार वर्षदेखि उपचार गराइरहेका पत्रकार मन्डलको बुधबार राति मृत्यु भएको छ।...

सम्बन्धित सामग्री

डेंगु सङ्क्रमणबाट पत्रकार चाँदनी अधिकारीको मृत्यु

लमजुङमा एक जना पत्रकारको डेंगु सङ्क्रमणबाट मृत्यु  भएको छ । बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको  हो । २२ वर्षीय अधिकारी  प्रेस सेन्टर लमजुङकी  सचिव थिइन् । उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष  त्रिभुवन पौडेलले बताए।  उनका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा कार्यरत थिइन् ।

भिरबाट लडेर पत्रकार राईको मृत्यु

पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु भएको छ । गएराति ओखलढुंगाबाट खोटाङ हुँदै धरान जाने क्रममा खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ पंखु खोलामा लडेका राईको उपचारका क्रममा मृत्यु भएको हो । यात्राका क्रममा राई सवार गाडी रोकेर शौच गर्ने क्रममा भिरबाट लडेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष हुन् । राई हङकङबाट प्रकाशित हुने एभरेष्ट साप

रुपन्देहीका पत्रकार विन्दु चौहानको मृत्यु

रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको गएराती मृत्यु भएको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर दुई दशक देखि पत्रकारिता गर्दै आएका ४५ वर्षीय चौहानको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा मृत्यु भएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष वसन्त गिरिले जानकारी दिए । चौहान प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य थिए ।   तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा

अफगानिस्तानमा भारतीय पत्रकार दानिशको मृत्यु

अफगानिस्तानमा पाकिस्तानसँग जोडिएको सीमामा भारतका एक वरिष्ठ फोटो पत्रकार दानिश सिद्दीकीको अफगान सुरक्षा बल र तालिबान लडाकूबीचको संघर्षमा मृत्यु भएको छ । दानिश समाचार एजेन्सी रोयटर्सका पत्रकार थिए । रोयटर्सले उनको मृत्युको पुष्टि गर्दै संघर्षका बेला एक वरिष्ठ अफगान अधिकारीको पनि मृत्यु भएको जानकारी दिएको छ । एक अफगान कमान्डरले रोयटर्ससँगको कुराकानीमा अफगानिस्तानको विशेष सुरक्षाबलले स्पिन बोल्डक शहरको मुख्य बजारलाई पुनः आफ्नो नियन्त्रणमा लिने कोसिस गरिरहेका बेला तालिबानसँग मुठभेट भएको जसम

८१३ पत्रकार सङ्क्रमित

काठमाडाैं। कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन्। नेपाल पत्रकार महासंघका अनुसार हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ भने तीन पत्रकार आइसीयूमा र तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ।

८१३ पत्रकार सङ्क्रमित

काठमाडाैं। कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन्। नेपाल पत्रकार महासंघका अनुसार हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ भने तीन पत्रकार आइसीयूमा र तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ।

कोरोनाबाट पत्रकार चौधरीको मृत्यु

बुटवल :  रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोनाका कारण मृत्यु भएको छ। बुटवल धागो कारखानामा संचालित कोरोना बिशेष अस्पतालमा उनको मृत्यु भएको हो। तिलोत्तमा बनबाटीका आइसोलेसनमा उपचार शुरु गरिएका उनलाइ पछिल्लो समय कोरोना बिशेष अस्पताल लगिएको थियो। १० दिनदेखि कोरोना विशेष अस्पतालमा उपचाररत चौधरीको भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको आज बिहान…

कोरोना संक्रमणका कारण पत्रकार शाहीको मृत्यु

बाँके : कोरोना साक्रमणका कारण बाँकेमा एक जना पत्रकारको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण अवधी पत्रकार संघ जिल्ला शाखा बाँकेका सहसचिव रईस शाहीको शनिबार मृत्यु भएको छ।लामो समयदेखि सञ्चार संस्थामा आवद्ध रहेका शाहीको शनिबार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय शाहीलाई बैशाख १८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो।नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहेका शाहीको ९ वर्षीया छोरी र ४ वर्षको एक छोरा छन्। संघ बाँकेका शाखा र के

कोरोनाबाट युवा पत्रकार पौडेलको मृत्यु

कोभिड–१९ (कोरोनाभाइरस) संक्रमणबाट पोखरामा क्रियाशील युवा पत्रकार गणेश पौडेलको मृत्यु भएको छ ।  गण्डकी मेडिकल कलेजमा उपचाररत पौडेलको आज विहान उपचरका क्रममा मृत्यु भएको छ ।पोखरा महानगरपालिका –३३, बागमारा निवासी ४० वर्षीय पौडेल यही बैशाख २० गते कोभिड–१९ बाट संक्रमित भएपछि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए । उनी पोखरास्थित गण्डकी टेलिभिजनमा प्रबन्धकको रुपमा कार्यरत थिए । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्यसमेत रहेका पौडेलका दुई छोरा र श्रीमती रहेका छन् ।

ट्रकको ठक्करबाट कपिलवस्तुमा पत्रकार पौडेलको मृत्यु

१ वैशाख, बुटवल । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका करिब ५० वर्षीय पत्रकार नन्दराम पौडेलको मृत्यु भएको हो । मंगलबार राति पत्रिकाको काम सकेर लु५९ प ६४४१ नम्बरको मोटरसाइकलमा घर जाँदै गरेका उनलाई बाणगंगा नगरपालिका-८ चप्परगाउँमा पश्चिम दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय […]