डेंगु सङ्क्रमणबाट पत्रकार चाँदनी अधिकारीको मृत्यु

लमजुङमा एक जना पत्रकारको डेंगु सङ्क्रमणबाट मृत्यु  भएको छ । बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको  हो । २२ वर्षीय अधिकारी  प्रेस सेन्टर लमजुङकी  सचिव थिइन् । उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष  त्रिभुवन पौडेलले बताए।  उनका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा कार्यरत थिइन् ।

सम्बन्धित सामग्री

रेडियो जागरणका समाचार प्रमुख मास्केको मृत्यु

बुटवल। रेडियो जागरणका समाचार प्रमुख एवम बुटवलका निश्कलंक र स्वच्छ छविका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ । दुइहप्ता अघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको आज बिहान मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी दिनु भयो । रानालाई डेंगुसंगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो […]

डेंगुबाट रूपन्देहीका पत्रकार रानाको मृत्यु

रूपन्देही । डेंगु लागेर उपचाररत पत्रकार टेक मास्की रानाको निधन भएको छ । रुपन्देहीलाई कार्यक्षेत्र बनाएर बुटवलबाट पत्रकारिता गर्दै आएका रानाको बुधबार बिहान निधन भएको हो । स्याङ्गजा स्थायी घर भएका राना डेंगु लागेर तीन सातायता उपचाररत थिए। उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको निधन भएको हो । डेंगुसंगै मिर्गौला र जण्डिसकोका बिरामी उनको […]

डेंगु संक्रमित बुटवलका पत्रकार टेक मास्कीको मृत्यु

९ कात्तिक,बुटवल । बुटवलका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ । दुई सातघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ४८ वर्षीय रानाको आज बुधबार बिहान मृत्यु भएको हो । स्याङजाको कालिगण्डकी गाउँपालिका ३ बिर्घा स्थायी घर भएका रानालाई डेंगुसँगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो । बुटवलको रेडियो जागरणका […]