कैलालीमा बाढीका कारण पाँच सय बढी मानिस विस्थापित

धनगढी- असोज २० गते देखि भइरहेको अबिरल बर्षाका कारण कैलालीको भजनी नगरपालिकाका विभिन्न वडामा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीका अनुसार बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण भजनी २, ३, ७ र ८ मा रहेका वस्तिमा बाढी पसेको हो । बाढीका कारण हाल सम्म ५ सय बढी मानिस […]

सम्बन्धित सामग्री

इटलीमा ६ महिनामा पर्ने पानी २ दिनमै पर्‍याे, बाढीका कारण ९ जनाको ज्यान गयो

भारी वर्षापछिको बाढीका कारण इटलीमा नौ जनाको ज्यान गएको छ । उत्तरी इटालीको इमिलिया–रोमाग्ना क्षेत्रमा भारी वर्षाका कारण बाढी आएपछि नौ जनाको ज्यान गएको र १३ हजार जना मानिस विस्थापित भएका बीबीसीले जनाएको छ ।  इटलीमा छ महिनाको अवधिमा पर्ने पानी दुई दिनमै परेपछि २० वटाभन्दा बढी नदीहरूमा ठूलाे बाढी आएको खबरमा उल्लेख छ । रिमिनीको उत्तर–पूर्वी तट र बोलोग्ना सहरको बीचमा सबै नदीमा बाढी आएको अधिकारीहरूले बताएका छन् । नदी आसपासका क्षेत्रमा दुई सय ५० भन्दा धेरै ठाउँमा पहिरो खसेकाले मानिसहरूलाई रातारात अन्...

चीनमा बाढीका कारण ८० हजार मानिस विस्थापित, सयौं घर डुबानमा

काठमाडौ । चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण करिब ८० हजार मानिस प्रभावित भएका छन् । बस्तीमा प्रवेश गरको बाढीले सयौं घरहरु डुबाउँदा उनीहरु घरबारबिहीन भएका हुन् । लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १६ सय हेक्टरको बालीमा पनि क्षति भएको छ । प्रान्तका १३ मझौला र १७ वटा […]

झापा र मोरङमा बाढी, ५ सय जना विस्थापित

अविरल वर्षासँगै आएको बाढीका कारण मोरङ र झापामा ठुलो बस्ती डुबानमा परेको छ । बाढीका कारण झापा र मोरङमा करिब ५ सय जना विस्थापित भएका प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले रातोपाटीलाई बताए । झापाको रतुवा खोला आसपासका बस्ती डुबानमा परेका छन् । मोरङको  सिंघिया खोला र केसलिया खोलामा आएको बाढीका कारण धेरै मानिस विस्थापित भएका हुन् । मंगलबार मोरङको गछिया खोलामा आएको बाढीले बगाएर सुन्दर हरैंचा–६ घर भएका ५८ वर्षीय रामबहादुर बिकको मृत्यु भएको थियो । प्रदेश–१ मा

भारतको आसाममा बाढीबाट ४७ लाख मानिस प्रभावित

काठमाडौं : मनसुन सुरु भएयता पूर्वी भारतको आसाममा बाढीबाट ४७ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। बाढीबाट आसामका ३५ जिल्लामध्ये ३३ जिल्ला प्रभावित भएको र कम्तीमा ८१ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। आसामको छिमेकी राज्य मेघालयमा पनि बाढीको असर परेको छ। त्यहाँ गत साता मात्रै १८ जनाको मृत्यु भएको थियो। विस्थापित भएकाहरुका लागि सरकारले आसाममा झण्डै १२ सय राहत शिविर खोलेको छ। तर बाढीमा डुबिरहेका मानिस पिउने पानीसमेत नपाएर तड्पिरहेको अधिकारीहरुले जनाएका छन्। निरन्तरको वर्षा र बाढीक

मलेसियामा बाढीका कारण हजारौं विस्थापित

काठमाडौं : मलेसियामा बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। भीषण वर्षाका कारण आएको बाढीका कारण २१ हजार भन्दा बढी मानिस विस्थापित भएको रोयटर्सले जनाएको छ। बाढीका कारण विभिन्न ७ वटा राज्य प्रभावित भएको छ।पछिल्लो समय पेराक राज्य बाढीको चपेटामा परेको हो। शुक्रबार बिहानबाट सुरु भएको भारी वर्षाले दर्जनौं सडक अवरुद्ध बनाएको छ। प्रधानमन्त्री इस्माइल साबरी याकोबले पत्रकार सम्मेलन गर्दै १५ हजार मानिसहरूलाई सय भन्दा बढी राहत केन्द्रहरूमा सारिएको बताएका छन्।