भारी वर्षापछिको बाढीका कारण इटलीमा नौ जनाको ज्यान गएको छ । उत्तरी इटालीको इमिलिया–रोमाग्ना क्षेत्रमा भारी वर्षाका कारण बाढी आएपछि नौ जनाको ज्यान गएको र १३ हजार जना मानिस विस्थापित भएका बीबीसीले जनाएको छ ।
इटलीमा छ महिनाको अवधिमा पर्ने पानी दुई दिनमै परेपछि २० वटाभन्दा बढी नदीहरूमा ठूलाे बाढी आएको खबरमा उल्लेख छ । रिमिनीको उत्तर–पूर्वी तट र बोलोग्ना सहरको बीचमा सबै नदीमा बाढी आएको अधिकारीहरूले बताएका छन् । नदी आसपासका क्षेत्रमा दुई सय ५० भन्दा धेरै ठाउँमा पहिरो खसेकाले मानिसहरूलाई रातारात अन्...