काठमाडौं : नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमले आफूले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हिस्साबाट चुनाव लड्न लागेकाे बताएका छन्। मंगलबार निर्वाचन आयोगमा दल दर्ता गर्न पुगेको गौतमले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले राष्ट्रियसभा छाडेर प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारी गरेको बताएका हुन्। उनले भने, ‘राष्ट्रियसभा छाडेर प्रतिनिधिसभामा लड्छु। हामीले छलफल गर्दा प्रतिनिधिसभामा १ र प्रदेशमा २ सिट मागेका छौँ। मेरो माओवादी