यातायात कार्यालय रुम्जाटारले लाइसेन्स वितरण नगर्दा सेवाग्राही समस्यामा

ओखलढुंगा । ओखलढुंगाको यातायात व्यवस्था कार्यालय रुम्जाटारले नयाँ लाइसेन्स वितरण नगर्दा सेवाग्राहीलाई समस्या भएको छ । यातायात कार्यालय स्थापना भएको डेढ वर्ष बितिसक्दा समेत कार्यालयले नयाँ लाइसेन्स वितरण सुरु गरेको छैन् । माथिल्लो सगरमाथाका पहाडी जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लालाई लक्षित गरेर कार्यालय स्थापना गरिएपनि सवारी दर्ता, नामसारी, नवीकरण, जाँचापास, बाटो इजाजात पत्र, पटके […]

सम्बन्धित सामग्री

नक्कली लाइसेन्स प्रकरण : इन्जिनियरसहित तीन बिचौलिया दोषी ठहर, १३ जनालाई सफाइ

पाँच सयभन्दा बढी नक्कली लाइसेन्स वितरण भएको विषयमा यातायात कार्यालय एकान्तकुनाका इन्जिनियरसहित चारजना दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले यो मुद्दाका १७ प्रतिवादीमध्ये १३ जनालाई दोषी ठहर गरेको हो ।...

‘दुई महिनापछि भरतपुरबाटै लाइसेन्स वितरण’

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले दुई महिनाभित्र भरतपुरबाट नयाँ सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने बताउनुभएको छ । यातायात व्यवस्था कार्यालय भरतपुरमा नवनिर्मित भवनको बुधबार अनुगमनपछि प्रमुख दाहालले भन्नुभयो, “दुई महिनाभित्र सवारी परीक्षणसहितको नयाँ लाइसेन्स यहीँबाट वितरण हुनेछ ।” उहाँले चार वर्षअघिदेखि भरतपुरमा सबै सुविधासहितको यातायात कार्यालय ल्याउने कार्यको थालनी गरेको स्मरण गर्नुभयो । उहाँले चितवनबाट लाइसेन्स वितरणपछि चितवनवासी र छिमेकी जिल्लाका सेवाग्राहीलाई सेवा लिन सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “देशको केन्द्र भागमा भरतपुर रहेकाले धेरैले सेवा लिनुहुनेछ । यहाँको आर्थिक क्रियाकलाप पनि वृद्धि भएर जानेछ, चितवनवासीका लागि गर्वको विषय हो ।” कार्यालयको सेवा सञ्चालनका लागि आवश्यक अस्थायी संरचना निर्माण गर्न महानग

अबको दुई महिनाभित्र भरतपुरबाट ड्राइभिङ लाइसेन्स वितरण हुने

अबको दुई महिनाभित्रै भरतपुरबाट सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यस्तो बताएकी हुन् । बुधबार गेष्ठ हाउसचौर नजिकको भवनमा स्थान्तरण हुन लागेको यातायात व्यवस्था कार्यालय भरतपुरको अनुगमन एवम् निरीक्षण गर्दै उनले दुई महिनाभित्र ट्रायलसहितको नयाँ लाइसेन्स वितरण हुने उल्लेख गरेकी हुन् । ४ वर्षअघिदेखि भरतपुरमा सबै सुविधासहितको यातायात कार्यालय ल्याउने कार्यको थालनी गरेको स्मरण गर्दै उनले अबको २ महिनाभित्र यातायातका सम्पूर्ण

आर्थिक चलखेलमै यातायात कार्यालय जगातीबाट राधे राधे सारिँदै

भक्तपुर । विगत पाँच वर्षसम्म जगातीमा सञ्चालनमा रहेर सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गर्दै आएको ‘यातायात व्यवस्था कार्यालय’ थिमिस्थित राधे राधे माइक्रोबस पार्कमा सार्ने भएपछि विरोध शुरू भएको छ । यातायात व्यवस्था कार्यालय जगातीको प्राङगणमा स्थानीय व्यवसायी एवं लेखापढी व्यवसायी संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक चलखेलका कारण नयाँ कार्यालय प्रमुख आउनेबित्तिकै कार्यालय […]

आर्थिक चलखेलमा यातायात कार्यालय जगातीबाट राधे राधे सार्न लागिएको भन्दै विरोध

भक्तपुर। विगत पाँच वर्षसम्म जगातीमा सञ्चालनमा रहेर सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण कार्य गर्दै आएको ‘यातायात व्यबस्था कार्यालय’ थिमिस्थित राधे राधे माइक्रोबस पार्कमा सार्ने भए पछि विरोध भएको छ । यातायात व्यबस्था कार्यालय जगातीको प्राङ्गनमा स्थानीय व्यबसायी एवं लेखापढी व्यवसायी संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक चलखेलका कारण नयाँ कार्यालय प्रमुख आउने बित्तिकै […]

यातायात कार्यालय ठूलो भर्‍याङबाट कर्मचारी र विचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय, ठूलो भर्‍याङबाट प्रहरीले कर्मचारी र बिचौलियालाई पक्राउ गरेको छ। आर्थिक लेनदेन गरी लाइसेन्स वितरण गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भुले छापा हानी कम्प्युटर अपरेटर सन्तोष शाही...

नियमविपरीत सयौँ ड्राइभिङ लाइसेन्स वितरण, छानबिन गर्दै अख्तियार

अख्तियारद्वारा यातायात कार्यालय एकान्तकुना, जगाती र चाबहिलबाट कागजपत्र झिकाएर अनुसन्धान सुरु उपत्यकाका यातायात कार्यालयहरूले नियमविपरीत सयौँ लाइसेन्स वितरण गरेका छन् । ‘हेभी’ श्रेणीका लाइसेन्स वितरणमा अनियमितता भएको हो । त्यससम्बन्धी कागजपत्र मगाएर अख्तियार...

यातायात कार्यालय दाङमा एक वर्षमा साढे १० हजार सवारी साधन दर्ता

दाङ : तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालयमा एक वर्षमा १० हजारभन्दा बढी सवारीसाधन दर्ता भएका छन्। कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १० हजार ८३० वटा सवारीसाधन दर्ता भएका हुन्।दर्ता भएका सवारी साधनमध्ये सबैभन्दा बढी २ पाङ्ग्रे रहेको कार्यालयका निमित्त प्रमुख रवीन्द्र केसीले बताए। उनका अनुसार ४ पाङ्ग्रे २०० भन्दा बढी रहेका छन्। यसबाहेकका दुई पाङ्ग्रे दर्ता भएका हुन्।यहाँ कार्यालय स्थापना भएदेखि २०७७ साल असारसम्म ५८ हजार ८०० वटा सवारी साधन दर्ता भएका छन्।लाइसेन्स वितरण नहुँदा समस्याकार्याल