३ वर्षे एलएलबी कार्यक्रम खारेज गर्न माग गरेर सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । नेशनल ल क्याम्पसमा अध्ययनरत रितेश पन्थी र काठमाडौं स्कुल अफ लमा अध्ययनरत ऋतिक यादवले रिट दायर गरेका हुन् । रिटबारे प्रारम्भिक सुनुवाई गर्न सर्वोच्चले शुक्रवारलाई पेशी तोकेको निवेदक मध्येका रितेश पन्थीले रातोपाटीलाई बताए । निवेदकहरुले त्रिभुवन विश्वविद्यालयसहित ७ ओटा निकायलाई विपक्षी बनाएका छन् । गुणस्तरहिन भएको हुनाले एलएलबी कार्यक्रम खारेज गर्न निवेदकहरुले माग गरेका छन् । ३ वर्षे एलएलबी कार्यक्रम न