काठमाण्डाै – मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
न्यायाधीशहरू इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित सुनुवाइ प्रभावित हुँदा न्यायको हक उल्लङ्घन भएको भन्दै पेसी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारीको माग गर्दै अधिवक्ताले संयुक्त रूपमा सर्वोच्च अदालतमा आज शुक्रवार रिट दायर गरेका हुन् । अधिवक्ता कृष्ण प्रसाईँसहितका अधिवक्ताले आज सर्वोच्चमा रिट दायर गरी मुद्दा सुनुवाइका लागि परमादेश माग गर्नुभएको छ ।
सर्वोच्चका न्यायाधीशहरूले आज पनि इजलास बहिष्कार गरेका छन् । इजलास बहिष्का...