काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा दोलखाको चरिकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने बताएको छ । यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउण्टर संख्या ४ पुगेको छ ।