कोकाकोलाले आफ्ना उपभोक्ताका लागि प्रमोसनल क्याम्पेन ‘चिल एन्ड विन’ योजना ल्याएको छ । कम्पनीले उपभोक्तालाई स्मार्ट फोन र मोबाइल रिचार्जजस्ता उपहारहरू जित्ने सुनौलो अवसरसहितको क्याम्पेन सुरु गरेको हो । यो क्याम्पेन कोकाकोला नेपालको...
लेखकहरूले सधैं चुनौतीको सामना गरिरहन्छन् । त्यो चुनौती इमान्दारिताको हो । त्यो आधिकारिकता हो र निष्ठा हो । यात्रावृत्तान्तमा लेखकको स्ववर्णन भेटिने हुनाले लेखकीय इमान्दारिता झन् पेचिलो बन्ने गर्छ यस विधामा । धेरै लेखकहरू इमान्दार भएर लेखेको दावी त गर्छन् तर पाठकको गहनपठन गर्दा त्यस्तो नभेटिएका कैयन् दृष्टान्त पनि छन् । यद्यपि यस प्रकृतिको खिन्नता […]
काठमाडौं (अस) । पेयपदार्थ ब्रान्ड कोकाकोलाले सबैभन्दा सानो कान्छु बोतल नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपाली भाषाको कोकाकोला लोगोसहित बजारमा बिक्री सुरु गरिएको कान्छु प्याकले उपभोक्तासँग अझै नजिकको सम्बन्ध जोड्ने विश्वास कम्पनीको छ ।
कान्छु बोतललाई वातावरणमैत्री बनाउन पुनः प्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको छ । यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहने कम्पनीले बताएको छ । रिटर्नेबल ग्लास बोतल १७५ एमएल प्याकमा नेपालका सबै डिपार्टमेन्ट स्टोर र किराना पसलमा फ्यान्टा र स्प्राइटका लागि पनि उपलब्ध हुनेछ । कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘नेपाली उपभोक्तालाई धेरैभन्दा धेरै छनोट प्रदान गर्न निरन्तर प्रतिबद्ध छौं । सोहीअनुसार सबैभन्दा सानो कान्छु बोतल बजारमा बिक्री सुरु गरेका छौं । फ्यान्टा र स्प्राइटमा पनि यो उपलब्ध गराइएको छ ।’
नयाँ रिटर्नेबल ग्लास बोतल कोकाकोलाको नेपालमा उपलब्ध पेय पदार्थमध्ये सबैभन्दा सानो हो । बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘नयाँँ कान्छु प्याक सबैभन्दा उपयुक्त मात्र नभई यसको प्याकेजिङ विशेषगरी उपभोक्तालाई ध्यानमा राखेर नेपाली नाम र लोगोसहित डिजाइन गरिएको छ ।’ स्थानीय उपभोक्तासँग बलियो सम्बन्ध निर्माण गर्ने प्रतिबद्धताअनुसार नेपाली उपभोक्ताका लागि नेपाली नामसहितका प्याक बजारमा बिक्री गरिँदै आएको कम्पनीले जनाएको छ । कम्पनीले १७५ एमएलको कान्छु बोतलको नेपाली बजार मूल्य २५ रुपैयाँ तोकेको छ ।
कोकाकोलाले कोभिड महामारीको समयमा फ्रन्टलाइनमा बसेर काम गरेका कर्मचारीमा समर्पित अनग्राउन्ड एक्टिभेसन सम्पन्न गरेको छ । कम्पनीले यो कार्यक्रम महामारीको समयमा अनवरत सेवामा खटिने कर्मचारीलाई प्रोत्साहन गर्नेगरी सञ्चालनमा ल्याएको थियो ।यस्तै, यो कार्यक्रम कोकाकोलाको दसैं क्याम्पेनको एक हिस्सा समेत हो । कार्यक्रममा वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौं) र ह्याम्स अस्पताल (काठमाडौं) लगायत नेपालका प्रमुख ५ कोभिड अस्पतालहरूसँग आबद्धता भएको थियो ।एम्बुलेन्स सेव
कोकाकोलाले कोभिडको समयमा पाटन र वीर अस्पतालमा खटिएका गैरसरकारी संस्थालाई सम्मान गरेको छ । धन्यवाद थिमको दसैं अभियानमा कोभिडका फ्रन्टलाइनरलाई कोकाकोलाले सम्मान गर्दै आएको छ ।कम्पनीले आरएनए १६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लू वेस्ट २ भ्यालु र सानो पाइलालाई सम्मान गरेको हो । कम्पनीले ती संस्थाका प्रतिनिधिलाई धन्यवाद उपहार बक्स हस्तान्तरण गरेको छ ।कार्यक्रममा कोकाकोलाकी […]
हल्का पेय कोकाकोलाले धन्यवाद शीर्षकमा दसैं अभियान सुरु गरेको जनाएको छ। अभियानको उद्देश्य महामारीको कठिन समयमा अग्रपंक्तिमा खटिएका नायकहरूलाई कोकको बोटलमार्फत धन्यवाद ज्ञापन गर्नु रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।...
एजेन्सी। ‘यूरो २०२१’ को हंगेरीविरुद्धको खेलपछि ‘प्रेस मिट’मा बोल्नेक्रममा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोटल हटाए। उनले आफ्नो टेबल अगाडि राखिएको दुई वटा बोटललाई क्यामेराको फ्रेमभन्दा पर सारेर भने ‘ड्रिंक वाटर’। रोनाल्डोको यही एक कदमले कोकाकोलाको बजार भाउ(सेयर मूल्य) एकै दिन ४ बिलियन अष्ट्रेलियन डलरले घटेको छ। कोकाकोलाको यूरो कपको मुख्य प्रायोजकसमेत हो।
पोर्चुगलका फूटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनमा कोकाकोला हैन, पानी पिऊ भनी भनेपछि कोकाकोला कम्पनीलाई ठूलो झड्का लागेको छ ।
कम्पनीको शेयर लगभग ४८ हजार करोड रुपैयाँ जति घाटा लागेको छ ।
रोनाल्डो आफ्नो अगाडि रहेका कोकाकोलाका दुई बोतल देखेर रिसाए अनि पानीको बोतल उचालेर पानी पिउनुस् भने । फिटनेसमा ध्यान दिने रोनाल्डो बेभरेज मन पराउँदैनन् ।
जम्मा २५ सेकेन्डको यो घटनापछि कोकाकोलाको शेयर धमाधम झर्न थाल्यो र लगभग ४ अर्ब डलरसम्म खस्यो ।
कोकाकोला युरोकपको आधिकारिक स्पोन्सर हो । त्य...