काठमाडौं (अस) । पेयपदार्थ ब्रान्ड कोकाकोलाले सबैभन्दा सानो कान्छु बोतल नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपाली भाषाको कोकाकोला लोगोसहित बजारमा बिक्री सुरु गरिएको कान्छु प्याकले उपभोक्तासँग अझै नजिकको सम्बन्ध जोड्ने विश्वास कम्पनीको छ ।
कान्छु बोतललाई वातावरणमैत्री बनाउन पुनः प्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको छ । यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहने कम्पनीले बताएको छ । रिटर्नेबल ग्लास बोतल १७५ एमएल प्याकमा नेपालका सबै डिपार्टमेन्ट स्टोर र किराना पसलमा फ्यान्टा र स्प्राइटका लागि पनि उपलब्ध हुनेछ । कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘नेपाली उपभोक्तालाई धेरैभन्दा धेरै छनोट प्रदान गर्न निरन्तर प्रतिबद्ध छौं । सोहीअनुसार सबैभन्दा सानो कान्छु बोतल बजारमा बिक्री सुरु गरेका छौं । फ्यान्टा र स्प्राइटमा पनि यो उपलब्ध गराइएको छ ।’
नयाँ रिटर्नेबल ग्लास बोतल कोकाकोलाको नेपालमा उपलब्ध पेय पदार्थमध्ये सबैभन्दा सानो हो । बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘नयाँँ कान्छु प्याक सबैभन्दा उपयुक्त मात्र नभई यसको प्याकेजिङ विशेषगरी उपभोक्तालाई ध्यानमा राखेर नेपाली नाम र लोगोसहित डिजाइन गरिएको छ ।’ स्थानीय उपभोक्तासँग बलियो सम्बन्ध निर्माण गर्ने प्रतिबद्धताअनुसार नेपाली उपभोक्ताका लागि नेपाली नामसहितका प्याक बजारमा बिक्री गरिँदै आएको कम्पनीले जनाएको छ । कम्पनीले १७५ एमएलको कान्छु बोतलको नेपाली बजार मूल्य २५ रुपैयाँ तोकेको छ ।
काठमाडौं : गत सातादेखि पोचुर्गलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो निकै चर्चामा छन्। उनले जारी युरोकपको प्रि-म्याच पत्रकार सम्मेलनमा कोकाकोलाको बोतल फ्रेमबाट हटाए। कोकको बोतल हटाएर पानीको बोतल राखे। क्रिस्टियानो रोनाल्डोको उक्त क्रियाकलापले सामाजिक सञ्जालमा धेरै नै चर्चा पायो।
सफ्ट-ड्रिङ्कभन्दा पानी पिउनु राम्रो हुने संकेत गर्दै उनले पानीको बोतल उचालेका थिए।…
एकपछि अर्का खेलाडीहरुले पत्रकार सम्मेलनका बेला आफ्नो टेबलबाट कोकाकोला र बियरको बोतल हटाउन थालेपछि युरो कपको नियामकीय निकाय युइएफएले कारबाहीको चेतावनी दिएको छ।
गत सोमबार पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले कोकाकोला र फ्रान्सका मिडफिल्डर पउल पोग्बाले हेनेकेन बियरको बोतल हटाएका थिए। पुन: बुधबार इटालीका म्यानुअल लोकाटेलीले कोकाकोलाको बोतल पत्रकार सम्मेलनको…
उत्तरी मेसिडोनियाविरुद्ध आफ्नो देशलाई २–१ को जित दिलाएपछि युक्रेनका कप्तान आन्द्रे यार्मोलेन्को निकै खुसी देखिए । उनले आफ्नो खुसी दर्शाउने क्रममा पत्रकार सम्मेलनमा कोककोला र बियरको बोतल उठाए । पत्रकारहरुलाई उनले खेलपछि सोधे, ‘के म केही गर्नसक्छु ? रोनाल्डोले कोकाकोलाको बोतल हटाएको मैले भर्खरै देखेको छु । म कोकाकोलालाई यहाँ राख्छु । म हेनीकेन (बियर) लाई त्यसको ठिक अगाडि राख्छु ! मलाई सम्पर्क राख्नुहोला ! ’वेस्टह्यामबाट व्यवसाहिक फुटबल खेल्ने ३१ वर्षीय स्ट्राइकरले यसरी
क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल हटाउँदै पानी पिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । रोनाल्डोले हंगेरीविरुद्धको खेलअघि यस्तो गरेका थिए । रोनाल्डो यस्ता सफ्ट ड्रिङ्क र जंक फुडबाट टाढै रहन चान्छन् । छोरा क्रिष्टियानो जुनियरले कोकाकोला र क्रिप्स् खाँदा पनि आफु हैरान हुने गरेको उनले यसअघि बताएका थिए । ‘कहिलेकाँही उसले कोक पिउँछ र क्रिप्स् पनि खान्छ । यसले मलाई हैरान बनाउँछ भन्ने पनि उसलाई थाहा छ’ रोनाल्डोले गत डिसेम्बरमा फुटबल इटालियासँग भनेका थिए ।रोनाल्डोका छोरा युभे
फ्रान्सका मिडफिल्डर पउल पोग्बाले पत्रकार सम्मेलनमा राखिएको 'हेनेकेन बियर' फ्रेमबाट हटाइदिएका छन्। उनको अघि पानीको बोतल, कोकाकोलको दुईटा बोतल र बियरको एउटा बोतल राखिएको थियो। सम्मेलनबिच पोग्बाले आफ्नो अघि राखिएको बियर भने हटाएका हुन्।
यसअघि जारी युरोकपको प्रि-म्याच पत्रकार सम्मेलनमा पोचुर्गलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल फ्रेमबाट हटाएपछि कम्पनीको ब्राण्ड र सेयर मूल्यमा धक्का…
एजेन्सी। ‘यूरो २०२१’ को हंगेरीविरुद्धको खेलपछि ‘प्रेस मिट’मा बोल्नेक्रममा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोटल हटाए। उनले आफ्नो टेबल अगाडि राखिएको दुई वटा बोटललाई क्यामेराको फ्रेमभन्दा पर सारेर भने ‘ड्रिंक वाटर’। रोनाल्डोको यही एक कदमले कोकाकोलाको बजार भाउ(सेयर मूल्य) एकै दिन ४ बिलियन अष्ट्रेलियन डलरले घटेको छ। कोकाकोलाको यूरो कपको मुख्य प्रायोजकसमेत हो।
पोर्चुगलका फूटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनमा कोकाकोला हैन, पानी पिऊ भनी भनेपछि कोकाकोला कम्पनीलाई ठूलो झड्का लागेको छ ।
कम्पनीको शेयर लगभग ४८ हजार करोड रुपैयाँ जति घाटा लागेको छ ।
रोनाल्डो आफ्नो अगाडि रहेका कोकाकोलाका दुई बोतल देखेर रिसाए अनि पानीको बोतल उचालेर पानी पिउनुस् भने । फिटनेसमा ध्यान दिने रोनाल्डो बेभरेज मन पराउँदैनन् ।
जम्मा २५ सेकेन्डको यो घटनापछि कोकाकोलाको शेयर धमाधम झर्न थाल्यो र लगभग ४ अर्ब डलरसम्म खस्यो ।
कोकाकोला युरोकपको आधिकारिक स्पोन्सर हो । त्य...
क्रिस्टियानो रोनाल्डोले युरोकपको पत्रकार सम्मेलनमा आफ्नो अगाडि टेबलमा राखिएको कोकोकोलाको बोतल रिसाउँदै हटाएका छन् ।
कोकाकोला यस प्रतियोगिताको आधिकारिक स्पोन्सर हो र उसले बोतल सबैले देख्ने ठाउँमा राखेको थियो । तर रोनाल्डोलाई त्यो पटक्कै मन परेन अनि उनले त्यसलाई हटाए ।
बोतल हटाएलगत्तै रोनाल्डोले पानी पिउने भन्दै चिच्याए । उनले कोकाकोला भन्दा पानी राम्रो हुने आशय व्यक्त गरे ।
३६ वर्षीय रोनाल्डो खानपान र व्यायामका विषयमा निकै ध्यान दिने गर्छन् । त्यसैले बेभरेज देखेर उनको पारा तातेको हो ।
पो...