काठमाडौं। कोकाकोला नेपालले चाडपर्व लक्षित ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियान सार्वजनिक गरेको छ । दशैंमा परिवार एकजुट हुने, परिकार बाँड्ने र सम्बन्धलाई मजबूत बनाउने समय भएको भन्दै यही मान्यतालाई सहयोग गर्न अभियान शुरू गरिएको कम्पनीको भनाइ छ । अभियानअन्तर्गत कोकाकोलाका बोतलमा दशैं र तिहारलाई प्रतिनिधित्व गर्ने कलाकृति देखाउन दुईओटा लेबल राखिने बताइएको छ । उक्त लेबल कोकाकोलाका एक लिटर, साढे एक लिटर र सबा दुई लिटरका बोतलमा उपलब्ध हुने बताइएको छ ।
अभियानले दशैं र तिहारको भावनासँग पूर्ण रूपमा मिलेर एकता र पारिवारिक बन्धनको मूल नेपाली सिद्धान्त झल्काउने कम्पनीको भनाइ छ । कोकाकोला बेभरेज नेपालका प्रबन्ध निर्देशक जी दीपक सेन्थिल नाथले कोकाकोला ५० वर्षदेखि नेपाली समाज र उत्सवको एक हिस्सा रहेको बताए । अभियानले दशैं र तिहारलाई नेपालभरका परिवारका लागि अझ विशेष बनाउन मद्दत गर्ने उनको भनाइ छ ।
कोकाकोला नेपालले ‘चिल एन विन २.०’ अभियान लिएर आएको छ। यस क्याम्पेनले ग्राहकलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइकलगायतका पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ।...
काठमाडौं (अस) । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको सहकार्यमा भइरहेको ‘सफा हिमाल अभियान’ मा कोकाकोलाले साथ दिने भएको छ । ‘हिमाल बचाउने प्रयास : हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ नारासहित अघि बढेको सफा हिमाल अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्ने भएको हो । उक्त अभियानमा अन्य कम्पनीको सहभागिता रहेकामा ‘दि कोका–कोला फाउन्डेसन’ मुख्य कर्पोरेट साझेदार रहेको कम्पनीले जानकारी दिएको छ ।
पर्वतारोहीले छाडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने उद्देश्यले सो अभियान थालिएको हो । सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल सरसफाइ गर्ने लक्ष्य उक्त अभियानको छ । जेठ ५ गतेसम्म सञ्चालन हुने उक्त अभियान अन्तर्गत करीब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ । अभियान चैत २२ देखि शुरू भएको थियो ।
हल्का पेय कोकाकोलाले धन्यवाद शीर्षकमा दसैं अभियान सुरु गरेको जनाएको छ। अभियानको उद्देश्य महामारीको कठिन समयमा अग्रपंक्तिमा खटिएका नायकहरूलाई कोकको बोटलमार्फत धन्यवाद ज्ञापन गर्नु रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।...
काठमाडौँ- लोकप्रिय पेयपदार्थ कोकाकोलाले सबै प्रियजनहरुप्रति कृतज्ञता प्रदान गर्ने उद्देश्यले दसैँ अभियान लन्च गरेको छ। ‘धन्यवाद’ शीर्षक रहेको यस अभियानको मुख्य उद्देश्य भनेको महामारीको कठिन समयमा हाम्रा लागि साथीको रुपमा रहेका तथा सहयात्री रहेका उपभोक्ताहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद ज्ञापन गर्नु हो। प्रहरी र थुप्रै गैरसरकारी संस्थाहरुले नेपालमा कोभिड-१९ विरुद्धको लडाइँमा आफ्नो महत्वपूणर् भूमिका […]
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि कोकाकोलाले २४ करोड रूपैयाँ प्रदान गरेको छ । नेपालमा कोका–कोलाले खोप अभियानमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्री प्रदान गर्ने जनाएको छ । यस्तै कम्पनीले खोप तथा स्वच्छता अभ्यासलाई प्रवद्र्धन गर्न देशभर जागरूकता फैलाउने प्रयास गर्नेसमेत जनाएको छ ।कोभिड १९ को महामारीको रोकथामको समर्थनमा कोका–कोलाकम्पनीले विश्वव्यापी रुपमा एक विशेष ‘स्टप द […]
कोका कोलाले विश्वकप फुटबल हेर्न लैजाने गरी नयाँ अभियान ल्याएको छ । ‘कोक खाम्, रसिया जाम्’ अफर अन्तर्गत कोकाकोला नेपालले आफ्ना उपभोक्तालाई प्रत्यक्ष रुपमा विश्वकप फुटबल रसियामा देखाउने योजना सार्वजनिक गरेको हो ।