नेकपा एसले वरिष्ठ उपाध्यक्ष राख्ने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी २९९ सदस्य बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले १५१ बाट थप गरेर २९९ सदस्यीय बनाउने निर्णय गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। यस्तै बैठकले वरिष्ठ उपाध्यक्ष पनि राख्ने निर्णय गरेको छ।

सम्बन्धित सामग्री

माओवादीको अधिवेशन सकियो , २३६ जना केन्द्रीय सदस्यमा प्रचण्ड कै प्रस्ताव पारित

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले २३६ केन्द्रीय सदस्यको नाम पारित गरेपछि आज साँझ पार्टीको महाधिवेशन सकिएको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको २३६ जना केन्द्रीय सदस्यलाई बन्द सत्रले अनुमोदन गरेपछि पार्टीको महाधिवेशन सकिएको हो। प्रचण्डको प्रस्तावमा सहमति नजुटेको भए भोलि निर्वाचन गर्ने पार्टीको तयारी थियो ।  आज अध्यक्ष प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ जना गरि प्रचण्डले जम्मा २३६ जनाको नाम केन्द्रीय सदस्यमा प्रस्तुत गरेका थिए । बन्द सत्रले प्रचण्ड कै प्रस्ताव अनुमोदन गरेको हो।  माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ। बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने छ। अब सोमबार बस्ने केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी चयन गर्ने छ । जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने छन् ।

परिमार्जनसहित माओवादी केन्द्रको विधान अनुमोदन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी ८औं महाधिवेशनले परिमार्जनसहित विधान अनुमोदन गरेको छ । वर्तमान केन्द्रीय कमिटीको अन्तिम केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा परिमार्जनसहित जारी महाधिवेशनको बन्दसत्रले पारित गरेको हो ।  अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय कमिटी १५ पदाधिकारीसहित २९९ सदस्यीय हुनेछ ।  पदाधिकारीमा  एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष,...

माओवादीको प्रस्तावित विधान : वरिष्ठसहित ७ उपाध्यक्ष, २९९ को केन्द्रीय कमिटी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन्। पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था विधानमा प्रस्ताव गरिएको छ। विधानमा पदाधिकारी समावेशी बनाइने गुरुङले बताए। केन्द्रीय कमिटीको १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ। विधानमाथि प्रतिनिधिहरुको समूहगत रुपमा

माओवादी केन्द्रको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भएको छ । अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, छ उपाध्यक्ष, महासचिव एक, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारी रहने विधानमा प्रस्ताव गरिएको छ । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको बन्द सत्रमा नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।  पदाधिकारी...

प्रेस चौतारीको केन्द्रीय कमिटीमा को–को परे ?

४ पुस, काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको २९९ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको छ । गणेश बस्नेतको अध्यक्षतामा २९९ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको हो । हाल आठौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित पदाधिकारीसहित अनुशासनको कारबाहीमा परेका बाहेक अन्यको जिम्मेवारी यथावत राखिएको छ । यसैगरी अध्यक्ष र सचिवसहित १५ सदस्यीय अनुशासन र […]