प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न सुझाव दिएका छन् । आइतबार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा देउवाले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न आग्रह गर्दै यसबारे प्रश्नसमेत गरेका हुन् ।‘एउटा कुरा मैले यहाँ बोल्नै पर्ने भयो यहाँ, एमसीसी राष्ट्रघाती भनेको हुनाले । म अरु कुरालाई आएको थिएँ, यहाँ एमसीसी राष्ट्रघाती भन्दियो’, प्रधानमन्त्री देउवाले भने । आफूअरु नै कुरा भन्न उपस्थित भएको भएपनि एमसीसीको कुरा आएकाले बोल्नै पर्ने बा