ब्राजिलको पेट्रोपोलिस सहरमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९४ पुगेको छ । हजारौँ नागरिक प्रभावित भएका छन् ।
रियो दि जिनेरियाेको उत्तरतर्फ पर्ने पहाडी सहरमा अस्ति दशकौँपछि ठूलो मुसलधारे वर्षा भएको थियो।
पेट्रोपोलिस सहरमा आपत्काल घोषणा गरिएको छ । रुस भ्रमणमा रहेका राष्ट्रपति जइर बोल्सोनारोले त्यहाँ तत्कालै सहायता पठाइने बताउनुभएको छ । रियो दि जिनेरियाे राज्यका गभर्नरले सन् १९३२ पछि ठूलो वर्षा भएको बताएका छन्।
महिनाभरिमा पर्ने पानी केही घण्टामा पर्दा क्षति भएको जलवायु विज्ञलाई उदृत गरी ब...