काठमाण्डौ – सरकारले स्वास्थ्य आपत्काल घोषणा हुन सक्ने संकेत दिएको छ ।
मंगलबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशन समितिको बैठकमा भर्खरै जारी भएको कोभिड व्यवस्थापन सम्बन्धी अध्यादेशबारे छलफल भएको छ । यो अध्यादेशमा स्वास्थ्य आपत्काल घोषणा गर्न सक्ने उल्लेख छ ।
‘कोभिड १९ को संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव पारेमा वा पर्न सक्ने देखिएमा त्यसकाे रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा नेपालको कुनै स्थानमा लागू हुने गरी कोभिड&n...