सुर्खेत : नेपाली कांग्रेस जाजरकोटले १५ जना नेतालाई स्पष्टीकरण माग गरेको छ।गत स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेका र निष्क्रिय भई बसेका भन्ने गुनासो उम्मेदवारहरूबाट आएपछि कारबाहीका लागि स्पष्टीकरण माग गरिएको नेपाली जाजरकोटका उप सभापति एवं अनुशासन समितिका संयोजक खडकबहादुर बुढाले जानकारी दिए।उनले भने, ‘स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई हराउन निष्क्रिय बसेको भन्ने गुनासोको आधारमा कारबाहीका लागि स्पष्टीकरण माग ग