सिन्धुपाल्चोकमा बाढीको विध्वंश (फोटो फिचर)

मेलम्ची : सिन्धुपाल्चोको मेलम्ची तथा हेलम्बु क्षेत्रमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ । लगातारको वर्षापछि  पहिरो झरेर मेलम्ची नदी थुनिएर खुलेपछि लेदोसहित बाढी आएको थियो ।  बाढीका कारण मेलम्ची क्षेत्रका अधिकांश घर डुबानमा छन् । त्यहाँका नदीमा रहेका पुल, सुरक्षा फौजको पोस्ट बगाएको छ । त्यहाँ बाढीका कारण…

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा बाढी पीडितको बिचल्ली

साउन २०, काठमाण्डौ । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीका कारण जोखिम कायमै रहेपछि स्थानीयहरु त्रासमा बस्न बाध्य भएका छन् । गत असार १ गते पछि पटक पटक लेदोसहितको बाढी आएपछि स्थानीयहरु त्रासमा बस्न बाध्य भएका हुन् । पटक पटक आएको बाढीले स्थानीयहरुको घर टहरालाई बगाउने गरेको स्थानीयहरुको भनाई छ । त्यस्तै हेलम्बु र मेलम्चीमा बाढीले […]

सिन्धुपाल्चोकमा बाढी\पहिरो नियन्त्रणका लागि यस्तो छ प्रशासनको पूर्व तयारी

सिन्धुपाल्चोक। तीन वटा स्थानीय तहमा बाढी\पहिरोले क्षति पुर्‍याएसँगै सम्भावित क्षति रोक्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पूर्व तयारी थालेको छ। पूर्व तयारीका लागि जिप्रकाले स्थानीय विपद् व्यवस्थापन समितिसँगको सहकार्यमा काम गरिरहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जनाए। उद्धार गर्नुपर्ने व्यक्तिको उद्धार गर्ने,सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्व सूचना दिने,क्षतिबाट बच्न प्रचारप्रसार गर्ने लगायतका काम गरिरहेको उनले बताए।

सिन्धुपाल्चोकमा बाढी : रातो पुल पनि बगायो

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको रातो पुल बाढीले बगाएको छ । बाढीले आइतबार बिहान पुल पनि बगाएको हो । गत असार १ गते आएको बाढीमा यो पुल जोगिएको थियो । गएरातिको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले […]

सिन्धुपाल्चोकका बाढी पीडितलाई सेनाको सहयोग

नेपाली सेनाले सिन्धुपाल्चोकमा बाढी पीडितका लागि मेडिकल क्याम्प, खोज, उद्धार तथा राहत वितरण कार्य सञ्चालन गरेको छ । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका लगायतका विभिन्न स्थानमा क्षति पुर्याएपछि प्रभावित इलाकामा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरी सेवा आरम्भ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो ।निर्देशनालयका अनुसार हेलम्बु गाउँपालिकास्थित किउल ईलाकाका बाढी पहिरो प्रभावित व्यक्तिका लागि स्वास्थ्य उपचार दिलाउने उद्द

विस्थापित परिवारका लागि आठ बन्डल जस्तापाता

प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिराबाट विस्थापित परिवारका लागि प्रतिपरिवार आठ बन्डल जस्तापाता उपलब्ध गराइने बताउनुभएको छ । नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विस्थापित परिवारलाई शहरी विकास मन्त्रालयमार्फत घर निर्माणका लागि उक्त जस्तापाता प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । …

टोखा नगरपालिकाद्वारा मेलम्ची र हेलम्बुका बाढी पीडितलाई २० लाख सहयोग

टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढी पीडितलाई रु २० लाख सहयोग गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमबार बसेको ७० औँ नगर कार्यपालिकाको बैठकले असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो ।नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्याएको क्षति तथा उद्दारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत रु २० लाख राहतको घोषणा गरेको जानकारी दिइन् । “मेलम्ची नै काठमाडौँ उपत्यकाक

हेर्दाहेर्दै पाँच मिनेटमै खोलाभित्र हामफाल्यो घर …

हेलम्बु : 'पाँच मिनेट पर्खिनुहोस् यो घर पनि ढल्छ।' शनिवार सिन्धुपाल्चोकको हेलम्बुमा पुग्दा त्यहाँ एक स्थानीयले हामीलाई घरतिर देखाउँदै भनेका थिए। केही दिनदेखि सिन्धुपाल्चोकमा बाढी र पहिरोले निम्ताएको विपत्तीबारे स्थलगत रिपोर्टिङको लागि हामी हेलम्बु पुगेका थियौँ। घर ढल्छ भन्ने स्थानीयको भनाई दिउँसो सवा ३ बजेतिरको थियो। मानिसहरू जम्मा भएर घर खोलाले बगाउन लागेको हेरिरहेका…

सिन्धुपाल्चाेककाे बाढी र पहिराेमा २० जना सम्पर्कविहीन

काठमाण्डाै – सिन्धुपाल्चोकमा बाढी र पहिराेका कारण २० जना सम्पर्कविहीन भएका छन् । सिन्धुपाल्चाेकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म २० जना सम्पर्कविहीन भएका जानकारी दिनुभएकाे हाे ।  यस्तै उहाँले बाढी र पहिराेमा परि घाइते भएका पाँच जनाकाे उपचार भइरहेकाे बताउनुभयाे । अहिलेसम्म बाढी र पहिराेमा फसेका ७४ जनाकाे उद्धार भएकाे सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिनुभयाे ।  सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा हिजो बेलुकीदेखि आइरहेको बाढीका कारण मेलम्ची बजारमा ठूलो...

सिन्धुपाल्चोकमा बाढी र पहिरोले दर्जनौ बेपत्ता

सिन्धुपाल्चोक, असार २। सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परि दर्जनौ बेपत्ता भएका छन् ।पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा समेत व्यापक जनधनको क्षति पुर्‍याएको छ । हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तिम्बु बजारका सात घर बगाउँदा ठूलो मानविय क्षति पुगेको छ । तर, कतिजना हताहति भए भन्ने एकिन हुन सकेको छैन् […]