वराह पुराणको १३७ औं अध्यायमा वराहक्षेत्रको महिमाको प्रसङ्गमा वराह भगवानलाई पृथ्वीले प्रश्न गर्छिन्– ‘भगवन् तपाईंले भक्तलाई प्रिय लाग्ने निकै सुन्दर कुरा सुनाउनु भयो । महाबाहो ! अब म कुब्जाम्रक क्षेत्रमा सबैभन्दा श्रेष्ठ र पवित्र आचरणीय व्रत के हो ? जान्न चाहान्छु ।’ भगवान वराह भन्छन्, ‘देवी ! त्यसो त मेरा सबै क्षेत्र परम शुद्ध छन् […]