देशभर १० हजार २३६ सक्रिय संक्रमित, कोरोना निको हुनेदर ९७.३ प्रतिशत

बिहीबारसम्म देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६६४ जना संक्रमण मुक्त भएका छन् । यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ११ हजार ४०७ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ३६९ जना पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ७ लाख ८९ हजार ७८९ जना निको भएका छन् । हाल देशभर कोरोना

सम्बन्धित सामग्री

कोभिडको सक्रिय संक्रमित २८ सय नाघे, २४ घण्टामा ४५६ संक्रमित थपिए

कोभिडको सक्रिय संक्रमितकाे संख्या २ हजार ८४१ पुगेको छ । २४ घण्टामा ३ हजार ८३८ परीक्षणमा ४५६ नयाँ संक्रमित थपिएका छन् । २ हजार १६८ पीसीआर परीक्षणमा ३८४ र १ हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमित पुष्टि भएका हुन् । कोरोना निको भएर डिस्चार्ज भएको संख्या भने ८० रहेको छ ।

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, १ हजार ५७० जनामा संक्रमण पुष्टि

माघ २४, काठमाडौं । नेपालमा विगत २४ घण्टामा कोरोना भाइरसको  संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार उक्त अवधिमा कोरोना भाइरसका संक्रमित १ हजार ५७० जना थपिएका छन् । उक्त अवधिमा ११ हजार ३६५ ओटा नमूना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार सो अवधिमा ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी कुल १  हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा काठमाडौं उपत्यकामा ४३७ जना कोरोना संक्रमित थपिएका छन् ।   मन्त्रालयका अनुसार उक्त अवधिमा काठमाडौं जिल्लामा ३५० जना, ललितपुर जिल्लामा ५९ जना र भक्तपुर जिल्लामा २८ जना गरि कुल ४३७ जना संक्रमित थपिएका हुन् । हाल काठमाडौं उपत्यकामा कुल १९ हजार १०४ सक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४ दशमलव ६ रहेको मन्त्रालयले बताएको छ । मुलुकभर अहिले १३७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार १११  रहेको छ । त्यस्तै  आईसीयूमा २५५ जना छन् भने ४२ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् । त्यस्तै संस्थागत आईसोलेशनमा १ हजार २२८ जना छन् भने होम आईसोलशनमा ३८ हजार ८८३ जना रहेका छन् । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ८२७ पुगेको छ ।

देशभर १९५९ जना सक्रिय संक्रमित, २४ घण्टामा ९९ थपिए

बितेको २४ घण्टामा देशभर ९९ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित १९५९ जना रहेका छन् । यसैबीच देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ८०६ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । यस्तै मृतकको संख्या २०३५ पुगेको छ । हालसम्म कोरोना निको हुने प्रतिशत ९८.५...