कोभिडको सक्रिय संक्रमितकाे संख्या २ हजार ८४१ पुगेको छ । २४ घण्टामा ३ हजार ८३८ परीक्षणमा ४५६ नयाँ संक्रमित थपिएका छन् । २ हजार १६८ पीसीआर परीक्षणमा ३८४ र १ हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमित पुष्टि भएका हुन् । कोरोना निको भएर डिस्चार्ज भएको संख्या भने ८० रहेको छ ।