आइतबार (३० असोज) बिहान म उठ्दा उहाँ (शताब्दी पुरुष सत्यमोहन जोशी) चीरनिद्रामा सुतिसक्नुभएछ । म उठे ७ः३९ मा । उहाँ ७ः०९ मै सुतिसक्नुभएछ । त्यसपछि त के भयो भयो । बिहान बिहानजस्तो लागेन । घाम घामजस्तो लागेन । सहर सहरजस्तो लागेन । मनै नरमाइलो भयो । उहाँ मेरो कोही आफन्त पर्नु हुँदैन । तर आफ्नो मान्छेको मृत्यु भएझैँ नरमाइलो लाग्यो । देशको साझा मान्छे, देशको पिताका रूपमा मानिनुभएका आदरणीय सत्यमोहन जोशीसँग धेरैका धेरै सम्झना होलान् । मेरो पनि कति छन् कति सम्झनाहरू ।जीवन र समय एकापसमा बाँधिएका हुन्छ